आईजीपी कार्कीद्वारा प्रहरी कर्मचारीहरूलाई दशैंको टीका प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बडा दशैं २०८३ को अवसरमा बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिएका हुन् । उनले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नवीना खत्री कार्कीले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी छिन् । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि बिहान १० बजेदेखि दिउँसो १३ः०० बजेसम्मको समय तोकिएको थियो ।
टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया