गगनको प्रयोगशालामा अमर पुन फेल, सबै अधिकार एकै झट्कामा गुम्यो

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गर्ने भूमिका खेलेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरको बिचल्ली भएको छ ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको काठमाडौंमा सम्पन्न १५औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार बनेका पुनको लज्जास्पद पराजय भएको छ । महामन्त्रीका दुई पदमा उम्मेदवारी दिएका पुन छैटौं नम्बरमा पराजित भएका छन् । ब्याङ्गात्मक शैलीमा भन्ने हो भने पुन पुछारबाट तेस्रो बनेका छन् । दुई महामन्त्री पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।

महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा लोकप्रिय मतसहित निर्वाचित भएका छन् । गगनले चिट वितरण गरेर महामन्त्रीमा पौडेल र राणालाई विजयी गराएका हुन् । पौडेल र राणाले पाएका मत अत्याधिक धेरै छ । पौडेलले अन्य उम्मेदवारले भन्दा दोब्बर धेरै पाएका छन् । राणाले पनि निकै लोकप्रिय मत पाएका छन् । गगनले पुनलाई आफ्नो टिममा राख्दै राखेनन् । टिममा राखेको भए पुनले जित्ने सम्भावना थियो ।

महामन्त्री पदका उम्मेदवार पुनसहित डा.सुनिल शर्मा, नैनसिंह महर, गुरुराज घिमिरे, शंकर तिरावरी, डा.सन्तोष उपाध्याय उम्मेदवार बनेका थिए ।

लुम्बिनी प्रदेश कांग्रेसको सभापति रहँदा रहँदै महामन्त्री पदमा उम्मेदवार बनेपछि पुनको बिचल्ली भएको छ । महामन्त्री पदमा पराजित भएसँगै पुनको नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति पद पनि गुमेको छ ।

तथाकथित विशेष महाधिवेशनका क्रममा पुनको भूमिका निकै नोटिस गर्ने खालको थियो । तर, पुनलाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले हराइदिएका छन् । अर्को भाषामा भन्ने हो भने पुनसँग महाधिवेशन प्रतिनिधिहरूले बदला लिएका छन् ।

हुन त पुनले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति बाहेक कुनै पनि पदमा निर्वाचन जितेको इतिहास छैन । प्रतिनिधि सभा होस् वा प्रदेश सभा या पार्टीको आन्तरिक चुनाव सबैमा पराजित भएका छन् ।

पुनलाई गगनले मनोनीत गरेर केन्द्रीय सदस्य त बनाउलान् । तर, टीक केन्द्रीय सदस्य बनेर बस्दा पुनका लागि सबैभन्दा पीडादायी क्षण हुनेछ । यसअघि दिने ठाउँमा रहेका पुन अब माग्ने अबस्थामा पुगेका छन् ।

नेपाली कांग्रेस लुम्बिनीको सभापति रहँदा उठ्तीपुठ्ती, हालीमुहाली, धाकधम्की आदि, इत्यादि गरेका पुनको त्यो प्रभाव रहने छैन ।

आफ्नै गृहजिल्ला रोल्पामा पुनले कहिल्यै जितेको इतिहास छैन । नेता डा.शेखर कोइरालाले नै नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति पनि पुनलाई जिताइदिएका थिए । पुन जुन नेतासँग सम्पर्कमा पुग्छन् त्यो नेतासँग एक वर्षभन्दा धेरै टिकेर बसेको रेकर्ड छैन । व्यक्तिगत ठूलो महत्वकांक्षाका कारण पुनले डा.कोइरालालाई छाडेर गगनतिर लागेकै कारण पटक पटक धोका पनि पाउँदै आएका छन् ।

पुनको निरंकुश, अहँकार र घमण्डका कारण गगन पनि आजित बनेका थिए । गगनले पुनलाई १५औं महाधिवेशनबाट ठेगान लगाइदिएका छन् । सम्भवतः पुन नेपाली कांग्रेसको होस् वा राजकीय कार्यकारी पदमा पुग्ने सम्भावना निकै कम छ । ठेकेदार पृष्ठभूमिका पुनलाई गगनले पटक पटक प्रयोग गरेर थन्काइदिएका छन् ।

Published : Wednesday, 2026 October 14, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया