कांग्रेस नेतृलाई रास्वपा सांसद खगेन्द्र सुनारद्वारा ज्यान मार्ने धम्की, नाङ्गो भिडियो, अश्लील गालीगलौज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् नेता खगेन्द्र सुनारले एक महिलासँग गरेको निकै आपत्तिजनक अडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भएको अडियोमा सांसद सुनारले ती महिला र उनका बच्चालाई ज्यान मार्नेसम्मको धम्की दिएका छन् । ती महिलालाई दमिनी, सर्किनी भनेर सांसद सुनारले होच्याएर बोलेका छन् । त्यति मात्रै होइन ती महिलालाई सांसद सुनारले एचआईभी एड्स लागेको र तँ कति बाँच्छेस् भन्ने जस्तो शब्दावलीहरूसहित छाडा अभिव्यक्तिसहित गालीगलौज गरेका छन् ।
केही समय अगाडिको यो अडियो सोमबार जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सार्वजनिक गरेपछि हलचल उत्पन्न भएको छ । अडियोसँगै सुनारले विभिन्न व्यक्तिहरूसँग रकम असुलेको बैंकको स्टेटमेन्टहरू पनि सार्वजनिक भएको छ । सुनारले विभिन्न व्यक्तिहरूसँग लाखौं रुपियाँ बुझेको बैंकको स्टेटमेन्टमा देखिएको छ । उनले विभिनन बैंकहरूको खाताबाट रकम बुझेका छन् ।
आफूलाई साङ्लोले बाँधेर माइतीघर मण्डलामा दलितलाई खोइ भनेर चर्चित बनेका सुनार बाँके क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन् ।
सार्वजनिक भएको अडियोका विषयमा सांसद सुनारले कुनै प्रतिक्रिया दिएका छैनन् । अडियोको आधिकारिकताका विषयमा पनि सुनारले केही भनेका छैनन् ।
ती महिलाले अडियोमा निकै निरिह रुपमा बोलेकी छिन् । सांसद सुनारले ती महिलासँग पटक पटक पैसा माग गरेका छन् । ती महिला रुन थालेपछि हिन्दी फिल्मको भिलेनले जस्तै गरेर हाहाहा… गरेर हाँसेका छन् ।
ती महिलाले सुनारसँग सोध्छिन्, ‘मलाई बूढी भन्ने , तर सधैँ कुट्ने, पिट्ने, काट्छु भन्ने, मार्छु भन्ने, मेरो नांगो भिडियो बनाउने, दुनियाँथरी टर्चर दिने, पैसा दिन्नँ भनेपछि पिट्ने, आखिर मैले यो कहिलेसम्म सहने ?’ त्यसपछि पनि सुनारले पैसाकै डिमाण्ड दोहो¥याएको सुनिन्छ, ‘आज पैसा आउँछ नि हैन ?’
लामो श्वास फेर्दै महिलाले फेरि सोध्छिन्, ‘हजुरलाई पैसा नै चाहिएको त ?’ त्यसपछि सुनार भन्छन्, ‘अँ मलाई पैसा चाहिएको हो । साँझ आउँछ हैन ?’
आफ्नो बदनाम हुने डरमा ती महिलाले अन्ततः बाध्य भएर भन्छिन्, ‘हस्, तपाईलाई पैसा नै चाहिएको हो भने म जसरी भए पनि रेडी गर्छु ।’ त्यसपछि सुनारले थप कन्फर्म गर्न सोध्छन्, ‘जहाँ गएर हुन्छ, मलाई पैसा पठा । बुझिस् कि बुझिनस् ?’
महिलाले ‘बुझेँ’ भनेपछि सुनार कुनै चलचित्रको खलनायक झैँ गलल हाँसेको पनि अडियोमा प्रस्ट सुनिन्छ । सुनारको हाँसो नरोकिएपछि ती महिलाले रुँदै सोध्छिन्, ‘मैले के बिगारेको थिएँ र तपाईले यस्तो गर्दै हुनुहुन्छ ?’
जवाफमा सुनार मानवीय समवेदनाको न्यूनतम सीमासमेत नाघेर सगौरव भन्छन्, ‘हिरोको आमालाई, हिरोइनलाई बलात्कार गर्दा भिलेनलाई जस्तो आनान्द आउँछ नि, त्यस्तै भै’राछ ।’
सांसद सुनारले नेपाली कांग्रेसका एकजना केन्द्रीय नेता एवम् पूर्वमन्त्रीसँग ती महिलाको नाम जोडेर निकै आपत्तिजनक शब्दावलीसहित बोलेका छन् । कांग्रेस नेतासँग नाम जोडेर सांसद सुनारले बोलेको हुँदा ती महिला सम्भवत नेपाली कांग्रेसको नेतृ भएको हुन सक्ने अनुमान गरिएको छ ।
सांसद सुनारको अडियो सार्वजनिक भएपछि तत्काल पक्राउ गरेर कारबाहीको माग उठेको छ । रास्वपाले पनि सांसद सुनारको सो अडियोको विषयमा केही भनेको छैन ।
आफ्ना उत्तेजक र आपत्तिजनक अभिव्यक्ति तथा हर्कतले विवादमा पर्दै आएका सांसद सुनारविरुद्ध विभिन्न अदालतहरूमा मुद्दा बिचाराधीन छन् । सांसद सुनार निकै विवादित व्यक्तिमा पर्छन् ।
अडियोका विषयमा प्रतिक्रिया लिन सांसद सुनारसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोनमा सम्पर्क हुन सकेन । फोन अफ भएको सूचना पटक पटक आएको थियो ।
अडियोका कारण सांसद सुनार विवादमा तानिएको विषयमा पार्टीको धारणा बुझ्न खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । उनले आफू काठमाडौं बाहिर रहेको र उक्त विषयमा पूर्ण जानकारी नभएको बताएका छन् ।
राजनीतिक दलका नेतादेखि प्रहरी प्रमुखसम्मलाई भ्रष्ट भन्दै सराप्ने सुनारको वित्तीय कारोबारसमेत शंकास्पद देखिएको छ । सिटिजन, एनआइएमबी, महालक्ष्मी, कामना सेवालगायतका बैंकमा रहेका खाताबाट गरिएका कारोबार अस्वभाविक देखिएको हो ।
युके, जापान, भारतसहितका विभिन्न देशबाट लाखौं रुपियाँ खातामा आएको ट्रान्जेक्सन अभिलेखबाट बुझिन्छ । यद्यपि, उक्त पैसा कुन प्रायोजनका लागि पठाइएको हो, त्यसबारे भने प्रष्ट छैन ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया