गगनको गुरु ठान्ने २.० कांग्रेसका ब्याख्याता तिवारीको जमानत जफत हुने पक्का, उपाध्यायलाई उछिनेर पुछारबाट दोस्रो

काठमाडौं । गगन थापाको छायाँ जस्तै गरेर अगाडि पछाडि र चुरीफुरी गर्दै आएका बदलिएको २.० कांग्रेसका ब्याख्याता शंकर तिवारीले जमानत समेत बचाउन नसक्ने अवस्थामा पुगेका छन् ।

आइतबार दिउँसो साढे ३ बजेसम्म १८ सय ३२ मत गणना भएको छ । खुलातर्फ दुई महामन्त्री पदमा उम्मेदवार बनेका तिवारीले जम्मा २९ मत ल्याएर पुछारबाट दोस्रो बन्न सफल भएका छन् । तिवारीले महामन्त्रीका अर्का उम्मेदवार डा.सन्तोष उपाध्यायलाई उछिनेका छन् । उपाध्यायले २० मत पाएका छन् ।

केही टेलिभिजन र युट्युबहरूमा अन्तर्वार्ताका क्रममा तिवारीले नेपाली कांग्रेस १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवाविरुद्ध निकै तल्लोस्तरको अभिव्यक्ति दिएका थिए । गगन थापाको समर्थन गर्दै तिवारीले देउवाविरुद्ध दिएको निच अभिव्यक्तिको बदलिएको २.० कांग्रेसकै नेताहरूले समेत आलोचना गरेका थिए ।

गगन थापाको भित्रिया र सल्लाहकार तथा नेपाली कांग्रेसलाई ‘मैले मात्रै धानेको छु’, ‘गगन थापाको गुरु म नै हुँ भन्ने’ भन्ने जस्ता अहँकारबाट ग्रस्त तिवारीले महामन्त्री पदमा पाएको २९ मतले कांग्रेसभित्र उनको कुनै स्तर र अवस्था रहेछ भन्ने प्रष्ट बनाएको छ ।

खुलातर्फ महामन्त्रीमा प्रदीप पौडेल १११२ र उदयशम्शेर राणा ६४९ मतसहित अगाडि छन् । महामन्त्रीका अन्य उम्मेदवारहरू अमरसिंह पुन मगर ५९३, डा.सुनिलकुमार शर्मा ४३५, गुरुराज घिमिरे २७७, नैनसिंह महरले २१६ मत पाएका छन् ।

Published : Sunday, 2026 October 11, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया