गगन थापा समूहलाई अन्तर्राष्ट्रिय बेवास्ता ? भाजपा र कांग्रेस दुवै अनुपस्थित
काठमाडौं । गगन थापा समूहले आफ्नो महाधिवेशनलाई राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनाउने प्रयास गरिरहेकै बेला भारतका दुई प्रमुख राजनीतिक शक्ति भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेसका प्रतिनिधि सहभागी नहुने चर्चा राजनीतिक वृत्तमा व्यापक रूपमा भइरहेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यदि यस्ता प्रमुख दलहरूले औपचारिक प्रतिनिधित्व नगर्ने निर्णय गरेका हुन् भने त्यसलाई गगन थापा समूहप्रति प्रत्यक्ष असन्तुष्टि वा समर्थनको अभावका रूपमा होइन, बरु उनीहरूको आफ्नै कूटनीतिक र राजनीतिक प्राथमिकताका रूपमा हेर्नुपर्ने हुन्छ । तर, गगन समूहभित्रका केही नेताहरू भने यसलाई अपेक्षित अन्तर्राष्ट्रिय महत्व प्राप्त गर्न नसकेको संकेतका रूपमा व्याख्या गरिरहेका छन ।
महाधिवेशनलाई अन्तर्राष्ट्रिय आकर्षण दिने अपेक्षा गरिए पनि भारतका सत्तारुढ र प्रमुख प्रतिपक्षी दुवै दलको अनुपस्थितिले कार्यक्रमको कूटनीतिक चमक केही फिका बन्न सक्ने टिप्पणी भइरहेको छ । यसले गगन थापा समूहको अन्तर्राष्ट्रिय पहुँच र प्रभावबारे समेत नयाँ बहस सुरु गराएको छ ।
यसबीच राजनीतिक वृत्तमा एउटा प्रश्न उठ्न थालेको छ, के भारतका प्रमुख दलहरूको अनुपस्थिति सामान्य व्यस्तताको परिणाम हो, वा गगन थापा समूहले अपेक्षा गरेको अन्तर्राष्ट्रिय महत्व अझै स्थापित हुन बाँकी छ र यसको स्पष्ट उत्तर भने सम्बन्धित पक्षहरूको आधिकारिक धारणा सार्वजनिक भएपछि मात्र प्राप्त हुनेछ ।
यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि पनि गगन थापा समूहले गर्न लागेको नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी नहुने भएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया