अपराधका काण्डमा मुछिएका गुण्डा नाइके सगुनद्वारा सिन्धुपाल्चोक कांग्रेसमा भाँडभैलो, २ मा लगेर गोप्य अधिवेशन गर्ने
चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकका दुई वटै निर्वाचन क्षेत्रमा विवादले उग्ररुप लिएपछि अधिवेशन अनिश्चित बनेको छ ।
क्षेत्र नं. १ का कार्यबाहक सभापति देवेन्द्र खड्का र क्षेत्र नं. २ का कार्यबाहक सभापति आङ दोर्जे शेर्पाले अधिवेशन हुन नसकेको लिखित जानकारी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपालाई पनि गराएका छन् । सानेपाबाट उनीहरू दुबै जनासँग अधिवेशन कहिले र कसरी गर्ने भनेर समन्वय भएका छैनन् । दुबै कार्यबाहक सभापतिले अधिवेशनका विषयमा सानेपाबाट समन्वय नभएको र आफूहरूको अधिवेशन गर्ने सूचना आफूहरूले जारी नगरेको जनाइसकेका छन् ।
शुक्रबार दिनभरि अधिवेशन गराउने विषयमा छलफलहरू भए पनि सहमति हुन सकेको छैन । सिन्धुपाल्चोक कांग्रेसका नेताहरूका अनुसार अधिवेशनको सूचना जारी भएको छैन । यद्यपि, भूमिगत शैलीमा लुकेर अधिवेशन गरेको नाटक गरेर कार्यसमिति र महाधिवेशन प्रतिनिधिको नाम टाँसेर भाग्ने योजनामा सगुन श्रेष्ठको समूह लागेको छ ।
सगुनले सिन्धुपाल्चोक क्षेत्र नं. १ को अधिवेशन क्षेत्र नं. २ को सुकुटेमा लगेर गर्ने योजना बनाएको खुलेको छ । बिगतमा विभिन्न अपराधका काण्डमा प्रहरीको हिरासत र पुर्पक्षका लागि जेल पुगेका गुण्डा नाइकेले परिचित सगुन र उनको समूहले सिन्धुपाल्चोक १ को अधिवेशन क्षेत्र नं. २ को सुकुटेमा गर्नका लागि एकतर्फी सूचना प्रकाशित गरेका छन् । सगुन क्षेत्रीय सभापतिका उम्मेदवार हुन् । उनले क्षेत्रीय सभपातिमा उम्मेदवार बनेकाहरूलाई उम्मेदवारी फिर्ता गर्न पटक पटक धम्की दिइसकेका छन् । सगुनको यो हर्कतको कांग्रेसका क्षेत्रीय प्रतिनिधि र स्थानीय नेताहरूले बिरोध गरेका छन् ।
सगुनले उम्मेदवारहरूलाई धम्की दिएर उम्मेदवारी फिर्ता लिन दवाव दिइरहेका छन् । गगन थापाको नाम लिएर गुण्डा नाइके सगुनले कांग्रेसको अधिवेशनमा गुण्डाशैली देखाएको भन्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरू डराएका छन् ।
गुण्डा नाइके सगुनको पछिल्लो हर्कतका विषयमा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक पनि मौन बसेको छ । कांग्रेसको अधिवेशनमा सगुनले धम्की दिने कार्य गरेको जानकारी पनि थाहा नपाउने सिन्धुपाल्चोक प्रहरीसँग कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आश्चर्य व्यक्त गरेका छन् । सिन्धुपाल्चोक प्रहरी र सगुनबीच साँठगाँठ भएको छ कि भन्ने प्रश्न पनि उठेको छ ।
उता, सिन्धुपाल्चोक क्षेत्र नं. २ मा आइतमान तामाङ र बंशलाल तामाङको समूहबीच विवाद छ । दुई दिन अगाडि भएको अधिवेशनमा करीव २ सय मत खसेपछि बंशलाल तामाङले लात्तीले हानेर मत पेटिका फालेपछि निर्वाचन कार्यक्रम विथोलिएको थियो । आइतमान तामाङले दुई दिन अगाडिको दुई सय मत पनि गणना हुनुपर्ने अडान राखेका छन् भने बंशलाल तामाङले शुरुदेखि फेरि मतदान गर्न माग राखेपछि विवाद भएर सहमति हुन नसकेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया