जेनजी आन्दोलनका बेला जगन्नाथदेवल जेल फोडेर फरार श्रेष्ठ पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजीको हिंसात्मक र बिध्वांश आन्दोलनका क्रममा फरार रहेका ६० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले श्रेष्ठलाई मंगलबार काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई २०६५ कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका बेला श्रेष्ठ भदौ २४ को जेनजी आन्दोलनको बेला जेल तोडेर फारर भएका थिए ।
काठमाडौं महानगरपालिका वडा नं. ९ स्थायी ठेगाना भएका श्रेष्ठ काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
Published : Tuesday, 2026 September 29, 1:28 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया