अबैध असुलीमा संलग्न टोले गुण्डा कलंकीबाट पक्राउ
काठमाडौं । ठेक्का काम गरेबापत हप्ता नबुझाए ज्यान मार्ने धम्की दिएर रकम असुल्न खोज्ने टोले गुण्डा ३० वर्षीय भुपालजंग खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
फोन र म्यासेजमार्फत अश्लील गालीगलौज गर्दै रकम माग गरेको अभियोगमा प्रहरी वृत्त थानकोटको टोलीले खड्कालाई कलंकीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खड्का उदयपुरको चौदण्डी गढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकीमा बस्दै आएका थिए ।
अदालतबाट पक्राउ पुर्जी लिएर खोजीमा खटिएको प्रहरी टोलीले खड्कालाई गत असोज २ गते कलंकी क्षेत्रबाटै फेला पारेको हो ।
प्रहरीका अनुसार खड्काले ठेक्काको काम गरेबापत रकम दिनुपर्ने भन्दै पीडितलाई बारम्बार फोन र म्यासेज गरी धम्क्याउने गरेका थिए ।
पैसा नदिए ज्यान लिने चेतावनी दिँदै अश्लील शब्द प्रयोग गरी निरन्तर मानसिक तनाव दिएपछि पीडितले कारबाहीको मागसहित प्रहरी वृत्त थानकोटमा जाहेरी दिएका थिए ।
पक्राउ परेका खड्काविरुद्ध आपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया