अभिनेत्री पूर्णिका सिजापति

काठमाडौं । नेपाली चलचित्र ‘हाम्रो सानो घर’मा अभिनेत्री पूर्णिका सिजापति मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन् । निर्देशक तथा लेखक सुमन गजमेरको निर्देशनमा बन्न लागेको चलचित्रमा पूर्णिकाको प्रवेशसँगै निर्माण पक्षले कलाकार छनोटलाई थप गति दिएको छ ।

पूर्णिका सिजापति नेपाली मोडलिङ क्षेत्रमा परिचित नाम हुन् । उनले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा सुरु गरेकी थिइन् । कक्षा ११ मा अध्ययन गर्दै गर्दा मोडलिङमा प्रवेश गरेकी उनले ‘फेस अफ टिन २०२१’ को उपाधि जितेकी थिइन् । त्यसपछि उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को उपाधिसमेत हासिल गरेकी छिन् ।

मोडलिङ तथा कन्टेन्ट क्रिएसनमा सक्रिय पूर्णिकाले विभिन्न फेसन तथा ब्रान्डसँग काम गर्दै आएकी छिन् । पछिल्लो समय उनी नेपाली चलचित्रमा समेत प्रवेश गरेकी हुन् । उनी ‘आचार्य’ चलचित्रमा कलाकारका रूपमा देखिँदैछिन्, जहाँ उनले नेपालीसँगै बलिउड तथा दक्षिण भारतीय कलाकारहरूसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छन् ।

Published : Sunday, 2026 September 27, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया