कांग्रेस एकीकृत राख्न गगनले गर्दा गुमेका यी सुवर्ण अवसर
काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि वडा अधिवेशन विशेष महाधिवेशनबाट पार्टी कब्जा गरेको गगन थापा समूहले सुरु गरेमा औपचारिक रुपमा विभाजनको बाटो लाग्नेछ । ललितपुरको सानेपा र काठमाडौंको चुनदेवीमा फरक फरक पार्टी कार्यालय संचालनमा छन् । सानेपा कांग्रेस र चुनदेवी कांग्रेसले अलग अलग महाधिवेशन गर्ने भएका छन् । सानेपाको कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन घोषणा गरेका छ भने चुनदेवी कांग्रेसले असोज १५ गते वडा अधिवेशन गर्ने भएको छ ।
कुनै पनि लोकतान्त्रिक राजनीतिक दलभित्र विचारमा भिन्नता, नेतृत्वका लागि प्रतिस्पर्धा र नीतिमा असहमति हुनु सामान्य मानिन्छ । तर, कांग्रेसभित्र यतिबेलाको अवस्था त्यतिमा मात्र सीमित छैन । मूल कुरो कांग्रेसको सत्ता कसको पक्षमा पार्ने भन्ने रस्साकस्सी चलिरहेको छ । यसैका लागि दुवै समूहले १५ औँ महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
विशेष महाधिवेशनयता कांग्रेसले एक हुने धेरै अवसर गुमाएको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पटक पटक पार्टी एकताका लागि आएका अवसरलाई अनदेखा गर्दे वेवास्ता गरेर ती अवसर गुमाएका छन् । सर्वोच्च अदालतले पार्टीको आधिकारिकताको विवादमा पुनरावलोकनको अनुमति (निस्सा) दिनु अगाडि नै एकताका लागि सभापतिको हैसियतमा गगनले प्रयत्न नथाल्दा अब कांग्रेस एक नहुने अवस्थामा पुगेको छ ।
सर्वोच्च अदालतले निस्सा दिनु अघिसम्म नेपाली कांग्रेसको सभापति गगन थापालाई नै मानेका थिए । चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरिएको भएपनि त्यहाँ भएको नेताहरूले आफ्नो हैसियत पूर्व वा निवर्तमानमा सीमिति गरेका थिए । तर जब सर्वोच्चबाट अदालतले निस्सा पायो त्यसपछि १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्व आफ्नो भूमिका कायमै रहेको दाबी गर्न थाले ।
आम निर्वाचनमा सबैलाई टिकट दिने अदालतमा भएको मुद्दा फिर्ता लिने सर्त राखेका भए । विषेश महाधिवेशन अगाडि नै नेपाली कांग्रेसले शेरबहादुर देउवाको हस्ताक्षरबाट समानुपातिक उमेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो । समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा गगन थापाले विशेष महाधिवेशन गरी आफूलाई सभापति घोषणा गरे । भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन कसरी भएको थियो अहिले त्यता तर्फ चर्चा गर्न आवश्यक छैन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दियो । सर्वोच्च अदालतले पनि विषेश निर्वाचन आयोगको निर्णयलाई तत्काल कायम गर्ने फैसला गरेपछि प्रत्यक्ष तर्फका उमेदवारको मनोनयनका लागि गगन थापाको हस्ताक्षर कायम हुने भयो । नेपाली कांग्रेसको अहिले चुनदेवीमा रहेका केही नेताहरूले गगन थापाको हस्ताक्षर स्वीकार गरेर चुनावी मैदानमा गए । तर, कांग्रेसको आधिकारिकताका लागि अदालतमा पुगेका तत्कालीन सभापति गगन थापा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का गगनलाई सभापति स्वीकार गरेर चुनावी मैदानमा गएनन् ।
अहिले इतर पक्षको राष्ट्रिय भेलाले महाधिवेशन तयारी समितिका संयोजक बनाएका वीपीपुत्र प्रा. डा.शशांक कोइराला र गणेशमानपुत्र प्रकाशमान सिंह चुनावी मैदानमा जानबाट रोकिए । यस्तै यस्तै अरु दुईचार जना नेतालाई चुनावी मैदानमा जानबाट रोकियो । अहिले गगन थापाहरूको विषेश महाधिवेशनबाट आएको नेतृत्वलाई चुनौती दिइरहेका केहि नेताहरू फागुन २१ गते उमेदवार बनाएर आधिकारिकता विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतबाट फिर्ता लिन लगाएको भए कांग्रेस उहिल्यै एक भइसक्थ्यो । निर्वाचन अगाडि नै मुद्दा मामिलाको विषय टुंगो लगाएको भए अहिले कांग्रेसको रडाको हुँदै हुँदैनथ्यो । तर, त्यो बेलामा गगन सुझबुझका साथ पार्टी हाक्ने भन्दा मौका यही हो बुढाहरूलाई समाप्त पार्ने समय यही हो भन्नेमा लागे ।
कांग्रेसलाई एकताबद्ध बनाउने अर्को सुवर्ण अवसर भनेको प्रा.डा.शशांक कोइराला र डा.शेखर कोइरालाले राखेको पाँच बुँदेलाई सम्बोधन गरेर एक सय ११ जनालाई केन्द्रीय रुपमा लैजाने वा दुवै केन्द्रीय समिति निलम्बनमा राखेर आयोजक समिति बनाउने प्रस्तावमा थियो । डा.शेखरको पाँच बुँदे प्रस्तावको पहिलो महत्वपूर्ण बुँदामा आगामी १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको नयाँ नवीकरण वा अध्यावधिक कार्यलाई अनिवार्य (म्यान्डेटोरी) नगर्ने उल्लेख थियो ।
यसैगरी दोस्रो बुँदाका रूपमा चौधौँ महाधिवेशन पछाडिको अवधिमा नवीकरण गरिएका र हालसम्म वितरण भइसकेका क्रियाशील सदस्यहरूलाई नै मुख्य वैधानिक आधार मानेर सोझै १५ औँ महाधिवेशनको प्रक्रियामा जानुपर्ने प्रस्ताव थियो । सदस्यता विवादले सधैँ महाधिवेशन नै संकटमा पर्ने परिपाटी अन्त्यका लागि डा शेखरको यो प्रस्ताव व्यावहारिक थियो । सांगठनिक संरचना र शक्ति सन्तुलन मिलाउने सन्दर्भमा डा. शेखरले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई एकापसमा समायोजन गरी एउटै शक्तिशाली र एकीकृत कार्यसमिति बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
यस्तै, पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दा भने सभापतिको स्पष्ट बहुमत राख्न पनि भनेका थिए । केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान संशोधन समिति लगायतका अन्य महत्त्वपूर्ण विभाग तथा समितिहरू गठन गर्दा कसैको एकलौटी निर्णय नभई संस्थापन र इतर पक्षबीच पूर्ण राजनीतिक सहमतिका आधारमा मात्रै बनाइनुपर्ने डा.शेखरको प्रस्तावमा उल्लेख थियो । डा शेखरको प्रस्ताव कार्यान्वयनमा लगे सबै नेताहरू एकतामा आउने डा.शशांकले पनि बताएका थिए ।
दुबै कोइरालाको साथ पाउने भएपछि पनि गगनले पार्टीलाई एक बनाउने सुवर्ण अवसर गुमाएका छन् । अन्तत: गगन थापाले शशांक र शेखरले राखेको प्रस्ताव सानेपा कांग्रेसले स्वीकार गरे । १४ औं महाधिवेशनको केन्द्रीय समिति मर्च गर्ने देखि नयाँ नवीकरण वा अध्यावधिक कार्यलाई अनिवार्य नगर्ने निर्णय गर्यो । तर निर्णय गर्ने बेलामा सम्म ढिला भइसकेको थियो । तर त्यो पाँच बुँदे प्रस्तावको औचित्य असारको अन्तिम सातामा समाप्त भएको हो ।
गगनले अनदेखा गरेको अर्को अवसर बनेको शेरबहादुर देउवा नेपाल फर्कदा स्वागतमा नजानु र शेरबहादुरसँग भेट नगर्नु पनि हो । पार्टी सभापतिको हैसियतमा विमानस्थलमा शेरबहादुरलाई स्वागत गर्नका लागि गगन थापा पदाधिकारीसहित विमानस्थल पुगेको भए नेताहरूका बीचमा बढेको इगो न्यून हुन्थ्यो । शेरबहादुर र गगनको वार्ताको ढोका खुल्ला हुन्थ्यो । यति भएपछि विभाजनको खाडल होइन एकताको बाटो खनिन्थ्यो । तर विषेश महाधिवेशनको नेतृत्वले यो सुवर्ण अवसरलाई अनदेखा गर्यो । नेताहरूका बीचमा थप इगो बढाउने काम भयो ।
अर्को अवसर भनेको सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनका लागि निस्सा दिएपछि महाधिवेशनका कार्यतालिका स्थगित गरेर अदालतको फैसला कुरेर यही बीचमा एकताका लागि पहल गर्नुपर्दथ्यो । तर यो गर्न पनि गगन थापा अग्रसर देखिएनन् । महाधिवेशनको कार्यतालिका रोक्नेका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा अदालत गए । तर, महाधिवेशन रोक्ने अन्तरिम आदेश दिने अस्वीकार गर्यो । सानेपा कांग्रेसले महाधिवेशनको कार्यतालिका अगाडि बढाउने निर्णय गर्यो अनि चुनादेवी पनि चुपचाप बसेन् । १५ औँ महाधिवेशनको अर्को कार्यतालिका पनि ल्याइयो । अब कांग्रेस समानान्तर महाधिवेशनको मुडमा पुगेका छन् ।
विशेष महाधिवेशन पक्षमा रहेका सानेपावाला कांग्रेसको पुस्तान्तरणको नारा आकर्षक छ तर पुस्तान्तरण व्यवहारमा कति हुन्छ भन्ने कुरा नेतृत्व चयन र संगठन सञ्चालनले देखाउने हो । कांग्रेसलाई एकिकृत राख्न गगनले अनदेखा गरे । आएका अवसरलाई किन गरे त्यो इतिहासले देखाउला । मूलतः एउटा राजनीतिक नेताले आफू वरिपरि बनेको दबाब र पार्टीभित्रको शक्ति संघर्षलाई अनदेखा नगरेको इतिहाँस गगनले लेखाउन पर्दथ्यो । तर, अझै समयमा नै बलियो हुन्छ । समय पनि अझै छ । तर अहिले नभएको निर्णय क्षमता, राजनीतिक आचरण अनि बोली हैन व्यवहार हो ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया