कांग्रेसको नियती विशाल नारायणी सेना र श्रीकृष्ण जस्तो, विजय संख्याको मात्रै हुँदैन, सत्यको पनि हुन्छ
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कौरव र पाण्डवबीचको लडाइँका रुपमा परिणत भएको छ ।
विशेष अधिवेशन वैधानिक कि अवैधानिक भनेर श्रावण २१ को निस्सासँगै सर्वाेच्च अदालतले उक्त प्रक्रिया शुरूदेखि हेर्दैछ । उक्त निस्सासँगै तत्कालीन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अदालतको तारिखमा छन् । अनि निर्वाचन आयोग विपक्षी छ ।
कांग्रेसको मूल एजेन्डा भनेको प्रजातन्त्र र कानूनी शासन हो त्यसमा कुनैपनि सम्झौता हुनुहुँदैन । महाभारतको तथ्य स्मरण गराउन चाहान्छु । कौरव र पाण्डवबीच युद्ध हुनुअघि भगवान श्रीकृष्णले दुवै पक्षलाई छान्न एउटा विकल्प दिएका थिए ।
एकातिर श्रीकृष्ण स्वयं, अर्कोतिर उनको विशाल नारायणी सेना । कौरवहरूले विशाल नारायणी सेना अर्थात् संख्या रोजे, अर्जुनले श्रीकृष्ण ।
कौरवहरूसँग विशाल सेना भयो, पाण्डवहरूसँग सत्यको पक्षमा उभिएका केवल कृष्ण । परिणाम के भयो ? सत्यको जीत ।
त्यसैले, विजय सधैँ संख्याको हुँदैन; कहिलेकाहीँ एउटा सत्य हजारौँ असत्यहरूभन्दा भारी हुन्छ ।
तथाकथित विशेष महाधिवेशनको नामबाट गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा शेरबहादुर देउवा पक्ष सत्य र न्यायको लडाइँमा छ । गगन थापा संख्या बढाएर कांग्रेसलाई अबैधानिक बाटोबाट कब्जा गर्ने योजनामा छन् । तर, देउवा पक्ष सत्य र न्यायको बाटोबाट विधि र प्रक्रियामा छ ।
देउवा पक्ष अहिले सानो संख्यामा होला । तर, न्याय र सत्यको बाटोमा छ । संख्यालाई भन्दा देउवा पक्षले सत्यलाई साथ दिएको छ । न्यायलयबाट न्याय पाउने आशामा छ । गगन थापा समूह महाभारतमा जस्तै विशाल नारायणी सेना बनाएर सत्यको बाटोमा रहेको देउवा पक्षसँग भिड्दैछ । सधैँ संख्याको विजय हुँदैन । जीत सत्यको पनि हुन्छ, महाभारतमा जस्तै ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया