सशस्त्र प्रहरीका आईजीपी पौडेल र भारतीय एसएसबीको टोलीबीच हेडक्वाटरमा भेटवार्ता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का आन्तरिक सुरक्षा र रणनीति व्यवस्थापन कोर्समा सहभागी वरिष्ठ अधिकृत ( आईएसएसएमसी)हरूबीच भेट भएकोछ ।

मंगलबार काठमाडौंको काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको हेडक्वाटरमा आईजीपी पौडेल र आईएसएसएमसीबीच शिष्टाचार भेटघाट सम्पन्न भएको हो ।

आईजीपी पौडेलले नेपाल–भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै सीमा सुरक्षा तथा व्यवस्थापनका क्षेत्रमा दुवै सुरक्षा निकायबीच हुँदै आएको सहकार्य, समन्वय र आपसी सम्बन्धको प्रशंसा गरेका छन् ।

पौडेलले आगामी दिनमा सीमा सुरक्षाका विभिन्न आयाममा समकक्षी भारतीय सशस्त्र सीमा बल(एसएसपबी)सँग थप सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Published : Tuesday, 2026 August 25, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया