सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र संघर्षमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताए । उनले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुन नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्ने बताए ।
उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित भएर गरिने संघर्षले मात्रै वास्तविक रूपान्तरण सम्भव हुने दाहालले बताएका छन् ।
‘मलाई लाग्छ, आजको कार्यक्रममार्फत यहाँ उपस्थित सबै पार्टीका प्रतिनिधि साथीहरूले सहकार्यको यात्रामा सहभागी हुने सङ्कल्प गर्नुहुनेछ,’ दाहालले भने, ‘यो सहकार्यको उद्देश्य सरकारमा जानु मात्र होइन, आन्दोलनलाई बलियो बनाउनु पनि हो ।’
अध्यक्ष दाहालले भने, ‘सरकारमा जाने र छोड्ने कुरामा मात्र केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया