नामी कलेज र एसडीएको सहकार्यमा नामी क्लाईमेट एआई लञ्चप्याड कार्यक्रम सम्पन्न

काठमाडौं । उत्साहजनक सहभागितासहित नामी क्लाईमेट एआई लञ्चप्याड कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम १२ अगस्ट २०२६ मा ‘बनमान्छे’, द हिमालयन कोर्टयार्डमा सम्पन्न भएको हो । नामी कलेजको आर्थिक सहयोग तथा स्टार्टअप डिस्कभरी एसिया (एसडीए)को सहकार्यमा सञ्चालित ६ महिनाको नामी क्लाईमेट भेञ्चर बिल्डिङ कार्यक्रम भव्य रुपमा समापन भएको प्रेस नोटमा उल्लेख छ ।

कम्युटर साइन्स, बीबीए र ईनभ्वाईरलमेन्टल साइन्सका विद्यार्थीहरूलाई सहभागी गराउँदै यस कार्यक्रमले १४ जना युवा संस्थापकलाई नौ वटा उद्यममार्फत जलवायु परिवर्तनका चुनौतीलाई एआई प्रविधिमा आधारित, व्यवहारिक र विस्तार गर्न सकिने समाधानमा रुपान्तरण गर्ने अवसर प्रदान गरेको छ ।

‘डेमो डे’मा शिक्षा, उद्यमशीलता, विकास क्षेत्र, वित्त, भेञ्चर क्यापिटल तथा प्रविधि क्षेत्रका १३० जना सहभागी रहेका थिए ।

यसले युवा नवप्रवर्तनकारी, लगानीकर्ता र सरोकारवालाबीच सहकार्य र सम्वादको महत्वपूर्ण अवसर सिर्जना गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रत्येकलाई रू. १ लाखको सिड ग्रान्ट प्राप्त गर्नेहरूमा रक्षा समूहले स्केल फर इम्प्याक्ट अवार्ड, ग्रिडफ्लुक्स समूहले मोस्ट ईनोभेटिभ यूज अफ एआई र ल्होटा रिसाइकेवल्स समूहले मोस्ट ईभेस्टिवल रहेका छन् ।

यस कार्यक्रमलाई नामी कलेज र स्टार्टअप डिस्कभरी एसियाको सहकार्यमा पाँच जना मेन्टर, छ जना सहजकर्ता, तीन जना सल्लाहकार समिति सदस्य, ११ जना स्वयंसेवक तथा छ जना प्राविधिक प्रशिक्षकको महत्वपूर्ण सहयोग रहेको थियो ।

फ्रेबुअरीमा विद्यार्थीका रुपमा यात्रा सुरु गरेका यी युवा प्रतिभाहरू अगस्टसम्म आइपुग्दा संस्थापक र नवप्रवर्तनकारीका रुपमा अघि बढेका छन् । नामी क्लाइमेट भेञ्चर बिल्डिङले नेपालमा क्लाइमेट एआई ईनोभेसनको नयाँ सम्भावना प्रस्तुत गर्दै युवा उद्यमशीलता, रोजगारी सिर्जना र भविष्यका नेतृत्वकर्ताको विकासतर्फ महत्वपूर्ण कदम अघिढाएको आयोजकद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

Published : Wednesday, 2026 August 19, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया