विदेशबाट आउने बजेट धर्मान्तरण तथा नास्तिकता फैलाउने गतिविधि प्रयोग भयो : खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवर्द्धनका गतिविधिमा प्रयोग हुने गरेको बताएकी छिन् ।

बिहीबार सिंदरबारमा बसेको सार्वजानिक लेखा समितिको बैठकमा ओलीले धर्मान्तरण तथा नास्तिकता प्रवर्द्धनमा प्रयोग हुने वैदेशिक सहायतालाई रोक्नुपर्ने बताइन् ।

उनले विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामार्फत नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण र नास्तिकता फैलाउने गतिविधिमा प्रयोग भएको आफूहरूले देखेको बताइन् ।

‘नेपालमा विभिन्न कालखण्डमा, धेरै वर्षदेखि हामीले हेर्दै आएका छौं कि नेपालमा आउने आईएनजीओ र विदेशी गैरसरकारी संस्थाहरूका बजेट विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामा जाने गरेका छन्,’ उनले भनिन्, ‘म यहाँ कुनै एउटा धर्मको मात्र कुरा गरिरहेको छैन, विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामा त्यस्ता बजेट आउने र धर्मान्तरण तथा नास्तिकता फैलाउनेजस्ता गतिविधि हुने गरेको हामीले देखिरहेका छौं ।’

Published : Thursday, 2026 August 20, 3:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया