संस्कृति पार्टीको चेसमा राजकुमार राई च्याम्पियन
सातदोबाटो । पाभिलियन्स चेस एकेडेमीको आयोजनामा ललितपुरको सातदोबाटोस्थित एसजीपीए भवनमा सम्पन्न ‘श्रम संस्कृति पार्टी बिलो १७०० फिडे ¥यापिड रेटिङ चेस प्रतियोगिता’को उपाधि राजकुमार राईले जितेका छन् ।
९ चरणको प्रतिस्पर्धापछि राईले ८ अंक जोड्दै उपाधि हातपारेका हुन् । समान ८ अंकसहित पञ्चकुमार साहु दोस्रो तथा अबिन पाण्डे तेस्रो भए । प्रतियोगितामा मादन राई ७.५ अंकसहित चौथो स्थानमा रहे ।
जनकराज जोशी ७ अंकसहित पाँचौँ, अग्रिम सैँजु छैटौँ, प्रचण्ड राम्टेल सातौँ, महमद जनिल अल सैयाद आठौँ, सविन उदास नवौँ र सुन्दर श्रेष्ठ दशौँ स्थानमा रहे ।
प्रतियोगितामा बिलो १७०० रेटिङका १८३ खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न उमेर समूह, महिला, सिनियर, अनरेटेड तथा पाभिलियन्स चेस एकेडेमीका विद्यार्थीका लागि समेत छुट्टाछुट्टै विधामा पुरस्कारको व्यवस्था गरिएको थियो ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ६ हजार ५ सय रुपियाँ रहेको थियो । मुख्य विधामा प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ६ हजार तथा चौथोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा आयोजित प्रतियोगिताले नयाँ तथा युवा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै नेपाली बुद्धिचालको विकासमा योगदान पु¥याउने उद्देश्य लिएको थियो ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया