एशियन युथ चेसमा पुरुषोत्तमको ऐतिहासिक सफलता
काठमाडौं । नेपाली बुद्धिचालका प्रतिभावान खेलाडी सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गरेका छन् ।
एशियाका बलिया युवा खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा सिलवालको यो नतिजा नेपाली बुद्धिचाल इतिहासकै उल्लेखनीय उपलब्धि रहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।
चाइनिज चेस संघको आयोजनामा जुलाई २४ सम्पन्न स्पर्धा ३ मिनेट २ सेकेन्ड ब्लिट्ज ९ चरण स्विस प्रणाली अनुसार प्रतिस्पर्धामा एशियाली ३२ राष्ट्रको सहभागी रहेको थियो ।
नेपालका २०५३ रेटेड सिलवाल २२औँ वरीयता लिदै सहभागी भएका थिए । सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै ६.५ अंक जोडेर चौथो स्थान कब्जा गरे । उनले २३४५ रेटिङ औसतको खेल प्रदर्शन गरि ब्यक्तिगत १३६.८ रेटिङ थप गरेका छन् ।
प्रतिस्पर्धामा सिलवालले पहिलो तीन खेलमा क्रमशः १७४१ रेटेड चीनका चेन सिन्सुओ, रुसका २३४९ रेटेड एफएम ईफिमोफ लियोनिद, भियतनामका २१७१ रेटेड एफएम डाङ आन मिन्हलाई पराजित गरे ।
चौथो खेलमा काजाखस्तानका २१५५ रेटेडल एफएम बोलात इनायतसँग पराजित हुँदा पाँचौँमा भियतनामका २२५३ रेटेड आईएम बान्ह जिया हुईलाई हाराए ।
छैटौँमा भियतनामी २३५१ रेटेड आईएम फाम ट्रान गियासँग बराबरी गरे भने पुनः सातौंमा हङकङका २१३९ रेटेड सीएम काओ जामिसन एड्रिच र आठौंमा चाइनाका २३६७ रेटेड चेए जियाचेनलाई पराजित गरे ।
उपाधिबाट चुकेका सिलवाल अन्तिम चरणमा भियतनामका एफएम डुओङ भु आनसँग पराजित हुन पुगे । स्वर्ण पदक जित्ने सम्भावना बलियो रहेको अन्तिम खेलमा सिलवाललाई भियतनामका एफएम डुओङ भु आनले हराएर ७.५ अंकका साथ उपाधि जिते ।
फिलिपिन्सका आईएम आर्का क्रिस्टियन जियान कार्लो ७ अंकसहित दोस्रो तथा भारतका एफएम माधवेन्द्रप्रताप शर्मा पनि ७ अंकसहित टाइब्रेकका आधारमा तेस्रो भए ।
हारका बाबजुद सिएम पुरुषोत्तम ६.५ अंक टाइब्रेकका आधारमा चौथो स्थान प्राप्त गरे । उनीसँगै अन्य चार जनाले समान अंक जोड्दै सातौं स्थानमा रहे ।
एशियाका उत्कृष्ट युवा खेलाडी माझ नेपालको प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गर्दै सिलवालले भविष्यमा अझ उच्च सफलता हासिल गर्न सक्ने संकेत दिइरहेको प्रवक्ता राजु ताम्राकारले बताए ।
हालका वर्षहरूमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्पर्धामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेको र आगामी ओलम्पियाडमा यसको प्रत्यक्ष प्रभावले पदकको आशा गरिएको ताम्राकारले जनाए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया