एशियन चेसमा पुरुषोत्तम सिलवालको सानदार शुरुवात
काठमाडौं । चीनको शेन्जेन शहरस्थित कोली होटलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन भइरहेको २८ औं एशियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी सिएम पुरुषोत्तम सिलवालले सानदार शुरुवात गरेका छन् ।
अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धाको दोस्रो दिन नेपालका १८ वर्षीय उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले सम्पन्न तीन चरणको स्पर्धामा एक जित तथा दुई बराबरी नतिजा बनाएका छन् ।
नेपाली २१६३ रेटेड पुरुषोत्तमले दोस्रो खेलमा फिलिपिन्सका २३८५ रेटेड अन्तर्राष्ट्रिय मास्टर एर्का क्रिष्टियन जियान कार्लो र तेस्रो चरणमा भियतनामका २३५४ रेटेड फिडेमास्टर दुवाङ्ग भु आनसँग खेल बराबरी गरेका छन् ।
सिएम सिलवालले पहिलो खेलमा ताइपेइका हुवाङ्ग चुङ्ग याङ्गलाई हराएका थिए । अब चौथो चरणमा उनले सातौं वरियता प्राप्त चाइनिज २३५५ रेटेड छिया जियाछियाङ्ग सँग प्रतिस्पर्धा गर्नेछन् ।
छात्रा युवा १२ वर्षतर्फ नेपालका निहाना श्रेष्ठले आफूभन्दा उच्च उज्बेकिस्तानी १९४२ रेटेड डब्लुएफएम खुस्नित दिनोभा हुस्नोराखोनलाई बराबरीमा रोक्न सफल भएका छन् । निहानाले आगामी खेल ताजकिस्तानी खोलोभा अमालसँग खेल्नेछन् ।
नेपाली खेलाडी आयुष भण्डारी, अग्रिम शैंजु, श्रेषा दुवालले औसत खेल प्रदर्शन गरि समान एक एक खेल जितेर खातामा अंक जोडेका छन् ।
३२ राष्ट्रका ९०० खेलाडी सहभागी प्रतियोगितामा ८ वर्षदेखि १८ वर्षका युवाबीच फरक ६ विधामा छात्र छात्रा उमेर समूह चेस वोर्डमा भविष्य खोजिरहेका छन् ।
स्ट्यान्डर्ड क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिमेन्ट समय निर्धारण गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघले ३ छात्र तथा २ छात्रा खेलाडी मेरिट लिष्टका आधारमा सहभागी गराएका थिए ।
छात्रतर्फ १८ वर्षमा सिएम पुरुषोत्तम सिलवाल, युवा १४ वर्षमा आयुष चण्डारी, युवा १२ वर्षमा अग्रिम शैंजु तथा छात्रातर्फ युवा १६ वर्षमा श्रेषा दुवाल र युवा १२ वर्षमा निहाना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले नेपाली खेलाडीहरुलाई ट्राकशुट हस्तान्तरण गर्ने क्रममा नेपाल राष्ट्रको झण्डामुनि बसेर चेस खेलमार्फत राष्ट्रको नाम उच्च राख्न निर्देशन गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया