‘मेरो राहदानी नबन्ने भयो’ भन्दै बाहिरिएका थिए गणेश, अवस्था गम्भीर
काठमाडौं । आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।
बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका नेपालीको ६० प्रतिशत शरीरका भाग जलेका छन् । प्रहरीका अनुसार धेरै चोट छाती, घाँटी, अनुहार र हातमा लागेको छ ।
सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताएको छ । भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो । तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उपचारमा खटिएको छ ।
चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ ।
वैदेशिक रोजगारीका लागि दुबई जान राहदानी बनाउने चक्करमा लागेका मुगुका नेपाली भक्तपुरको कमलविनायक बस्दै आएका थिए । नेपाली बिहीबार मोटरसाइकलमा यात्रु बोकेर त्रिपुरेश्वर उत्रिएका थिए । यात्रु आफ्नो बाटो लागेपछि उनले मोटरसाइकल सडक किनारमा पार्क गरेका थिए । उनी राहदानी बनाउने सम्बन्धमा जानकारी लिन विभाग प्रवेश गरेका थिए । विभागबाट बाहिरिएका नेपाली मोटरसाइकलनजिक पुगे । त्यसवेलासम्म काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलको चक्कामा लक लगाइसकेको थियो । उनले दायाँबायाँ हेरे, नजिकै नगर प्रहरी उभिएको देखे । उनी नगर प्रहरीनजिक पुगे । लक खोल्न आग्रह गरे । नगर प्रहरीले हजार रुपियाँ जरिवाना नतिरी लक नखोल्ने बताए । नगर प्रहरीले चिटिदिए ।
जरिवाना तोकिएपछि नेपाली प्रतिवादमा उत्रिए । दुई पक्षबीच केहीबेर भनाभन चल्यो । नेपालीले कारबाहीबापतको शुल्क नतिर्ने भन्दै घटनास्थलबाट निस्किए । नगर प्रहरी भने उनको मोटरसाइकललाई बग्गीखाना लैजान गाडी मगाउने प्रयत्नमा जुट्यो । केही घण्टापछि नेपाली पुनः मोटरसाइकलनजिक आए । मोटरसाइकलबाट प्लस्टिकको बोतलमा पेट्रोल झिके । शरीरमा खन्याए । आफैँलाई आगो लगाए ।
सडकमा जल्दै गरेको युवाको दृश्यले नजिकै रहेको प्रहरीको ध्यान खिच्यो । उद्धारका लागि प्रहरी घटनास्थल पुग्यो । प्रहरीले उनको शरीरमा सल्किएको आगो निभायो । उनलाई उपचारका लागि वीर अस्पताल लिएर गयो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवन भट्टराईले गणेश आफैँले मोटरसाइकलबाट पेट्रोल झिकेर आगो लगाएको बताए ।
मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १ का नेपाली दुई वर्षदेखि पठाओमा सेयर राइडिङ गर्दै आएका थिए । ६ वर्षअघि विवाह गरेका उनी लगत्तै रोजगारीका लागि काठमाडौं आएका थिए । कृषिमा जेटिए पास गरेका उनले गाउँमा रोजगार पाउन सकेका थिएनन् । दुई वर्षकी छोरी, श्रीमती र बुबाआमाको खर्च जोहो गर्ने जिम्मेवारी उनीमाथि थियो ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले गणेश राहदानी बनाउने चक्करमा रहेको र सोही क्रममा विभाग प्रवेश गरेको बताए । फर्केर आउँदा मोटरसाइकलमा नगर प्रहरीले लक लगाएको मानन्धरले बताए । विभागबाट उनी ‘मेरो राहदानी नबन्ने भयो’ भन्दै बाहिरिएका रहेछन् ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया