नेपाल बाल संगठनमा भएको ठगी प्रकरणमा सीआईबीद्वारा ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल बाल संगठन, बाल मन्दिरमा भएको ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ तथा प्रहरी प्रतिवेदन समेतको जाहेरीले आशा श्रेष्ठ समेत भएको ठगी सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा तीन जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बाल संगठन, बाल मन्दिरबाट अनियमित रुपमा रकम लिई ठगी गरेको सम्बन्धमा ठगी सम्बन्धी कसूरमा अनुसन्धान गर्नको लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई तीन जना प्रतिवादीहरूलाई असार २४ गते विभिन्न स्थानबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौंमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख, काठमाडौं महानगरपालिका, वडा नं. ११ बस्ने वर्ष ५४ की आशा श्रेष्ठ, ललितपुर महानगरपालिका, वडा नं. ५, थसिखेल वतन भई हाल का.जि.का.म.पा वडा नं.२१ बस्ने नेपाल बाल संगठनका जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति वर्ष ६२ को ओमकृष्ण कर्माचार्य र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वाड नं. १ बस्ने नेपाल बाल संगठन, जिल्ला कार्य समिति, काठमाडौंका तत्कालीन सचिव वर्ष ५१ को राजेन्द्रकुमार श्रेष्ठ रहेको एसएसपी जबराले बताएका छन् ।

Published : Friday, 2026 July 10, 7:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया