भारतीय रक्षामन्त्री सिंहसँग पूर्वमन्त्री चौधरीद्वारा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री चन्दा चौधरीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

आइतबार नयाँदिल्लीमा सम्पन्न भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा मित्रतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । दुवै पक्षले ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउँदै सहकार्यलाई नयाँ उचाइँमा पुर्‍याउने विषयमा विचार आदानप्रदान गरेका छन् ।

नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्षसमेत रहेकी नेतृ चौधरीले भारत सरकारले नेपाललाई विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

उनले नेपाल र भारतबीच रहेको घनिष्ठ सांस्कृतिक सम्बन्ध तथा सहकार्यले नेपालको विकास, समृद्धि र जनहितमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

Published : Sunday, 2026 July 5, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया