पुल्चोकदेखि विश्वसम्म : नेपालको वैदेशिक अध्ययनका संकट समाधान गर्दै अब्रोडखबर
अध्ययनका लागि विदेश जाने भन्नासाथ धेरैको दिमागमा अप्ठ्यारा, अन्यौलता, झण्झट र तनावका तरंग सिर्जना हुन्छ किनकि विदेश अध्ययन त्यति सजिलो छैन । सबै सूचना तथा जानकारी सहज नपाउँदा विद्यार्थी तथा अभिभावक झन् अन्यौलमा परेका छन् । यसका लागि दोस्रो पक्षको भर र विश्वासमा पर्नुपर्ने नेपालीको बाध्यता छ । यदि तपाईंको चिनजानमा विदेश अध्ययनका लागि आवेदन दिइरहेका विद्यार्थी छन् भने नेपाली विद्यार्थीहरूले भोग्नुपर्ने झन्झटबारे तपाईंलाई केही न केही जानकारी अवश्य होला । यी समस्याहरूको मुख्य कारणमध्ये एक हो विश्वसनीय र स्पष्ट जानकारीको अभाव । यही कारणले धेरै विद्यार्थीहरूको भिसा अस्वीकृत हुने गरेको छ । सामान्य मानक (Generic SOP) असामान्य आर्थिक तथा बैंकिङ विवरण र कागजातसम्बन्धी त्रुटिहरूले अन्ततः भिसा नपाउने जोखिम बढाउँछन् । यी र यस्तै समस्यालाई नै मध्येनजर गर्दै विद्यार्थीदेखि अभिभावकसम्म, परामर्शदातादेखि विश्वविद्यालयसम्मलाई एउटै घेरामा ल्याउन अब्रोडखबरको जन्म भएको छ ।
पुल्चोकबाट जन्माइएकोे विद्यार्थी केन्द्रित शैक्षिक अध्ययन प्रविधि
आफ्ना साथीहरूलाई बारम्बार यिनै समस्यामा अल्झिएको देखेपछि, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा अध्ययनरत विद्यार्थी अर्जुन तिम्सिनाले यसको समाधान खोज्ने निर्णय गरे । त्यसपछि उनले पुल्चोक र थापाथली इन्जिनियरिङ कलेजका साथीहरूसँग मिलेर अब्रोडखबर डटकम (Abroad Khabar) नामक प्लेटफर्म निर्माण गरे, जसको उद्देश्य विद्यार्थीहरूलाई विदेश अध्ययनसम्बन्धी स्पष्ट, निष्पक्ष र तथ्यमा आधारित जानकारी उपलब्ध गराउनु हो ।
अर्जुन र उनको टोलीका लागि यो परियोजना आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षा परामर्श क्षेत्रलाई सबैका लागि पहुँचयोग्य बनाउने प्रयास हो । अब्रोडखबर विद्यार्थीहरूद्वारा सञ्चालित परियोजना हो, जसलाई अनुभवी सल्लाहकारहरूको सहयोग प्राप्त छ । यस प्लाटफर्मममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि सम्पूर्ण जानकारी रहेको छ । यसमा अभिभावकहरुका लागि समेत उपयोगी साम्री पाउन सकिन्छ । विदेशमा रहेका विद्यार्थी, त्यहाँको अवस्था, विश्वविद्यालय तथा क्याम्पसको सबै जानकारी अब्रोडखबरमा नै पाइनेछ ।
अनुसन्धानकर्ता र विज्ञहरूको सहयोग
अब्रोडखबर एउटा यस्तो स्थान हो जहाँ वैदेशिक अधययनका सम्पूर्ण जानकारी पाइन्छ । यहाँ सामान्य देखि कसैले बताउन नचाहने तर जान्नैपर्ने जानकारीहरुसमेत पाउन सकिन्छ । यसलाई पूर्णता दिन धेरै अनुसन्धानकर्ता र विज्ञहरूको सहयोग रहेको छ । यसका सबै उपकरण र स्रोतहरू गहिरो अनुसन्धान तथा मेहनतको परिणाम हुन् । टोलीले सामान्य ब्लगहरूबाट जानकारी लिने र कपी गर्ने होइन आधिकारिक र तथ्यगत विवरणहरुमात्रै आफैँले प्रविष्ट गरिएको छ । अब्रोडखबरले अनुभवी काउन्सेलरहरूसँग अन्तर्वार्ता गर्नुका साथै सरकारी तथा दूतावासका विशेषज्ञहरूसँग समन्वय गर्दछ । अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग प्रत्यक्ष सम्पर्क गरी प्रमाणित जानकारी सङ्कलन गर्छ र विद्यार्थीहरुलाई सूचना प्रदान गर्दछ ।
अब्रोडखबर के हो ?
अब्रोडखबर एउटा यस्तो स्थान हो जहाँ विदेश अध्ययनसम्बन्धत्री सबै जानकारी पाउन सकिन्छ । विदेश जाने सोच बनाउनेहरुले एउटै वेबसाइट हेरे पुग्छ । यस वेबसाइटमार्फत विद्यार्थीहरुले उपयुक्त कोर्र्ष, विश्वविद्यालय र देश छनोट गर्न, छात्रवृत्तिका अवसरहरू पहिचान गर्न, विदेश पुगेपछि आवास तथा होस्टल खोज्न, पार्ट–टाइम रोजगारीका अवसरबारे समेत जानकारी प्राप्त गर्न सक्नेछन् । अब्रोडखबरमा यी बाहेक दैनिक जीवनमा काम लाग्ने र वैदेशिक अधययनका लागि आवश्यक मिति परिवर्तन, मुद्रा विनिमय गणना, SOP को विश्लेषण गरी सुधारका सुझाव प्रदान गर्ने सुविधा रहेको छ । यस्तै विद्यार्थीको शैक्षिक प्रोफाइलका आधारमा विभिन्न विश्वविद्यालयमा भर्ना हुने सम्भावना अनुमान गर्ने स्मार्ट उपकरण Rate My Chance तथा वरिष्ठ विद्यार्थीहरूको प्रत्यक्ष अनुभवसँग जोड्ने पुल समेत अब्रोडखबर बन्नेछ ।
निश्पक्ष शैक्षिक आधार
विदेश अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीहरूले भोग्ने अर्को ठूलो समस्या भनेको केही शैक्षिक परामर्शदाताहरूको पक्षपातपूर्ण सिफारिस हो, जहाँ विद्यार्थीको हितभन्दा कमिसनलाई प्राथमिकता दिइन्छ । अब्रोडखबरले यो परम्परागत मोडललाई चुनौती दिँदै विदेशमा अध्ययनरत प्रमाणित पूर्वविद्यार्थी तथा सिनियरहरूसँग प्रत्यक्ष सम्पर्कको अवसर प्रदान गर्छ । यसले विद्यार्थीहरूलाई वास्तविक अनुभव, निष्पक्ष सुझाव र सही निर्णय लिन सहयोग पुर्याउँछ ।
निष्पक्ष र पारदर्शी भविष्यतर्फ अग्रसर
ब्रोडखबरको अनुसन्धान टोली र विद्यार्थी सिर्जनाकर्ताहरू कुनै विश्वविद्यालय तथा साझेदारीहरुको प्रभावमा छैनन् । त्यसैले उनीहरूले प्रदान गर्ने जानकारी निष्पक्ष र तथ्यमा आधारित हुन्छ । तथ्यमा आधारित उपकरण, पारदर्शी अनुसन्धान र वरिष्ठहरूको प्रत्यक्ष अनुभवलाई विद्यार्थीसम्म पुर्याएर अर्जुन तिम्सिना र अब्रोडखबर टोलीले यस्तो भविष्य निर्माण गर्ने प्रयास गरिरहेका छन् जहाँ जानकारीको अभाव होइन, विद्यार्थीको क्षमता र मेहनतले उसको अन्तर्राष्ट्रिय सफलता निर्धारण गर्नेछ । अब्रोडखबरका टिमलाई विद्यार्थीको अध्ययन र भविष्यको चिन्ता छ त्यसैले भौतारिएकाहरुको साझा चौतारी बनाएका छन् । जहाँ आराम मात्रै होइन सन्तुष्टिपूर्ण आराम मिल्नेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया