६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि
हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन सञ्चालन भएको प्रतियोगितामा क्लासिकल, र्यापिड तथा ब्लिट्ज् बुद्धिचाल खेल पुरुष तथा महिला तीन विधामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदकमध्ये ललितपुरले २ स्वर्ण २ रजत पदक जित्दै टिम च्याम्पियन बनेका छन् ।
ललितपुरले पुरुष क्लासिकल र र्यापिड विधामा १–१ स्वर्ण, ब्लिट्ज् १ रजत र महिला र्यापिड १ रजत प्राप्त गरी २ स्वर्ण २ रजत पदकसहित टिम च्याम्पियन बनेका छन् ।
चितवन जिल्ला टिम उपविजेता बनेको छ । महिलातर्फ क्लासिकल र र्यापिड विधातर्फ १–१ स्वर्ण पदक जित्न सफल भएका छन् ।
काठमाडौं जिल्लाले प्रतिस्पर्धामा तृतीय स्थान हासिल गरेको छ । काठमाडौं जिल्लाले महिला ब्लिट्ज १ स्वर्ण, १ रजत र १ काश्य पदक प्राप्त गरेको छ ।
स्पर्धामा काभ्रे जिल्लाले चौथो स्थान हासिल गर्दै पुरुषतर्फको ब्लिट्ज् १ स्वर्ण, क्लासिकल १ रजत पदक प्राप्त गरेको छ । मकवानपुर जिल्लाले पुरुष र्यापिडतर्फ १ रजत र धादिङ जिल्लाले महिला ब्लिट्ज् १ रजत पदक जितेका छन् ।
भक्तपुर जिल्लाले पुरुषतर्फ र्यापिड १, ब्लिट्ज् १ र महिलातर्फ ब्लिट्ज् १ पदक प्राप्त गरेको छ । दोलखा जिल्लाले क्लासिकल पुरुषतर्फ १ काश्य पदक र रामेछाप जिल्लाले महिलातर्फ १ काश्य पदक हासिल गर्न सफल बनेका छन् ।
बागमती प्रदेश खेलकुद विकास परिषद् बुद्धिचाल खेल संयोजक संगीत श्रेष्ठको सभापतित्वमा आइतबार पुरस्कार वितरण तथा समापन समारोह हेटौँडा पार्टी पालेसको सभाहलमा सम्पन्न भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया