भृकुटीमण्डपमा हाइज्याक भएको कांग्रेस बचाउन कोशीमा देउवा-कोइराला पक्षीय नेताहरुको अहिलेसम्मकै शक्तिशाली भेला

विराटनगर । भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेस हाइज्याक भएपछि देशभरिका नेता तथा कार्यकर्ताहरु तनावपूर्ण अवस्थामा रहेका बेला कोशी प्रदेशका शीर्ष नेताहरुले पार्टीको बृहत एकताका लागि भेला गरेका छन् ।

आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुको कोशी प्रदेशस्तरीय बृहत एकता भेला भएको हो । भेलाको प्रमुख अतिथित डा.शेखर कोइराला रहेका छन् ।

भेलामा नेताहरु डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, एनपी साउद, बलबहादुर केसी, सरिता प्रसाई, भुपेन्द्र राई, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सुजाता परियार, सरस्वती बजिमय लगायतका सयौँ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।

कांग्रेस बचाउने भेलामा वीपी कोइरालाका छोरा डा.शशांक कोइरालाको पनि उपस्थिति रहेको छ । कांग्रेसको बृहत एकता र दवावका लागि कोशी प्रदेशस्तरीय भेला गरिएको छ ।

गगन थापाले राष्ट्रिय र अन्तर्राष्ट्रिय अदृष्य शक्तिको दवावमा कांग्रेसलाई कमजोर बनाएको आरोप लागेका बेला कोशी प्रदेशमा देउवा र कोइराला पक्षीय नेता तथा कार्यकर्ताहरुको भव्य भेला भएको छ । गगनका कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा छ ।

Published : Sunday, 2026 June 14, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया