प्रतिवेदनसँगै सुधन गुरुङलाई राहत, गृहमन्त्रीमा फर्किने प्रवल सम्भावना
काठमाडौं । तस्कर र बिचौलियासँगको सम्बन्ध तथा अकुत सम्पत्तिका विषयमा प्रश्न उठेपछि पूर्वगृहमन्त्री सुधन गुरूङका सम्बन्धमा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री वालेन शाह (बालेन)लाई प्रतिवेदन बुझाएको छ ।
शुक्रबार समितिले प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको हो । सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेका प्रश्नबारे छानबिन गरेको उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको समितिले प्रतिवेदन बनाएको छ । प्रतिवेदनमा के सुझाव दिइएको छ ? केही भनिएको छैन ।
स्रोतका अनुसार भण्डारी नेतृत्वको समितिको प्रतिवेदनले गुरुङलाई सफाइ दिन मद्दत गर्ने अपेक्षा धेरैको छ । गुरुङले सफाइ पाएमा उनलाई पुनः गृहमन्त्रीको पदमा शपथ गराइनेछ सम्भावना छ ।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । समितिले ४५ पेजको प्रतिवेदन तयार पारेको सहन्यायाधिवक्ता नेउपानेले बताएका छन् ।
न्यौपानेले भने, ‘हामीले सुधन गुरूङमाथि उठेका प्रश्नबारे तथ्यगत विश्लेषण गरेका छौं । त्यसमा आवश्यक प्रमाणहरू पनि राखेका छौं । निष्कर्ष पनि राखेका छौं र अन्तिममा के गर्नुपर्छ भनेर सरकारलाई बुँदागत रूपमा सुझाव पनि दिएका छौं ।’
समितिले ४५ पेजबाहेक बयान, बयान कागज, विभिन्न कागजातहरू छुट्टै बुझाएको छ ।
समितिले प्रतिनिधि सभा सदस्य एवं पूर्वगृहमन्त्रीसँग सम्बन्धित उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गर्न भनेको थियो ।
गत वैशाख ९ गते गुरूङले आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिएका थिए । सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा परेका हुन् । गुरुङले आफू पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर राजीनामा दिएको बताएका थिए ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया