सभापति लामिछानेद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतसँग दिल्लीमा भेट
काठमाडौं । भारत भ्रमणमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतका लागि अमेरिकी राजदूत सेर्गिओ गोरसँग भेट गरेका छन् ।
भारत भ्रमणको चौथो दिन नयाँदिल्लीमा सभापति लामिछानेले भारतका लागि अमेरिकी राजदूत गोरसँग भेट गरेको स्रोतले जनाएको छ ।
राजदूत गोर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसमेत हुन् । लामिछाने र गोरबीच भएको भेटको विषयले विशेष चासो बढाएको छ । गोर भारतका लागि राजदूत मात्र होइनन् । उनी दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत पनि हुन् ।
नेपालमा अमेरिकी राजदूत नियुक्त नभइसकेको अवस्था र गोरले भारतसहित, नेपाल, बंगलादेश, श्रीलंका, भुटानसहितका देश हेर्ने भएकाले रास्वपाका सभापति लामिछानेको भेटलाई चासोका साथ हेरिएको छ ।
२२ दिनअघि अर्थात् १८ वैशाख २०८३ मा नेपाल भ्रमण आएका ट्रमका विशेषदूत गोरले रास्वपाका सभापति लामिछानेसँग भेट गरेका थिए । सभापति लामिछानेसँग निवासमै भेट गरेर गोरले नेपाल–अमेरिका सम्बन्धबारे छलफल गरेका थिए । गोरले त्यतिबेला प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भने भेट भएको थिएन ।
त्यतिबेला गोरले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेट गरेका थिए । गोरपछि पनि अमेरिकी अधिकारीको भ्रमण भने काठमाडौंमा भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया