केएमसी अध्यक्ष कप राष्ट्रिय चेसमा भण्डारीको एकल अग्रता
काठमाडौं । प्रथम केएमसी अध्यक्ष कप राष्ट्रिय खुला फिडे रेटिङ र्यापिड चेस प्रतियोगितामा एफएम क्षितिज भण्डारीले ६ अंकसहित एकल अग्रता लिएका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सञ्चालन भएको पहिलो दिनको प्रतियोगितामा छैटौं चरणसम्म सुरोज महर्जन ५.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् । राजन सुवेदी ५ अंक जोडेर तेस्रो स्थानमा छन् ।
समान ५ अंक टाइब्रेकका आधारमा क्रमशः आशिष फुयाल, सिएम शुश्रुत दाहाल, ज्वाला इम्बुङ, गणेशबहादुर थापा, बद्रीलाल नेपाली, कमल श्रेष्ठ, पूर्णराज खड्का, सिएम नवीन तण्डुकार, जेनिश घिमिरे र प्रेम खड्का क्रमशः शीर्ष १३ स्थानभित्र रहेका छन् ।
समान ४.५ अंक बनाएर सुजन रानाभाट, अशोकमोहन श्रेष्ठ, गणेशमान दुवाल, धिरेन राई, साजन पाण्डे, विजेश राजकर्णिकार, सविनचन्द्र धिमिरे र राजन पुरी रोमञ्चक होडमा छन् ।

काठमाडौं महानगरपालिका वडा १० का वडाध्यक्ष रामकुमार केसीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा बागमती प्रदेशसभाका संसद दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
वडाध्यक्ष रामकुमार केसीले प्रतियोगितामार्फत उच्चस्तरीय प्रतिस्पर्धा र फिडे रेटिङको अवसरका कारण नेपाली बुद्धिचाल क्षेत्रमा विशेष आकर्षण सिर्जना गरेको बताएका छन् ।
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा कार्यक्रम निर्देशक इन्द्रकुमार बस्नेतले राष्ट्रिय तथा फिडे रेटिङ प्राप्त खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको जनाए ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया