गगन निरंकुश बनेपछि डराए कांग्रेसका नेता तथा कार्यकर्ता, मधेशका ३ सांसदलाई चलाए अनुशासनको डण्डा

काठमाडौं । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका गगन थापाले सर्लाहीबाट मधेश प्रदेशसभाका तीन जना सांसदलाई अनुशासनको कारबाही गर्दै सजग गराएका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सकुन्तीदेवी महरा, कौशलकिशोर राय र जंगीलाल रायलाई सजग गराएको छ । गगनको निर्देशनमा अनुशासन समितिले तीन जना मधेश प्रदेश सभाका सांसदहरूलाई सजग गराउने गरी कारबाही भएको छ ।

कथित विशेष महाधिवेशनबाट आफूलाई कांग्रेसको सभापति घोषणा गराएर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कानूनी बैधता पाएका गगनले आफ्नो आलोचना गर्ने र विरोध गर्नेहरूलाई अनुशासन समितिमार्फत धमाधम कारबाही गरिरहेका छन् । गगनको यो अहँकार र निरंकुश शैलीबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरू डराएर बसेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि शेरबहादुर देउवा र डा.शेखर कोइराला निकटका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्र समायोजन भएर जान खोजेका बेला गगन भने निरंकुश बनेर अनुशासनको नाममा धमाधम कारबाहीको डण्डा चलाइरहेका छन् । गगनको यो शैलीबाट कांग्रेसभित्र नेता तथा कार्यकर्ताहरू डराएर थरथर भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्लाही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ को “१” प्रदेश सभा सदस्य मा. सकुन्तीदेवी महराले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानविन पश्चात निजलाई केन्द्रीय अनुशासन समितिको तर्फबाट स्पष्टीकरण सोधिएकोमा निजले आफूमाथि लागेको आरोपहरू निराधार असत्य र कपोलकल्पीत हुन, पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको छैन भनी मिति २०८३/०१/२१ गते स्पष्टीकरण जवाफ पेश गरेको सन्दर्भमा निज सकुन्तीदेवी महरालाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिवद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन गर्दछ ।’

‘सर्लाही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ को “२” प्रदेश सभा सदस्य मा. कौशलकिशोर रायले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानविन पश्चात निजलाई केन्द्रीय अनुशासन समितिको तर्फबाट स्पष्टीकरण सोधिएकोमा निजले आफूमाथि लागेको आरोपहरू निराधार असत्य र कपोलकल्पीत हुन, पार्टीविरुद्धको गतिविधिमा संलग्न रहेको छैन भनी मिति २०८३/०१/२१ गते स्पष्टीकरण जवाफ पेश गरेको सन्दर्भमा निज कौशलकिशोर रायलाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्णप्रतिवद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘सर्लाही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ को “१” प्रदेश सभा सदस्य मा.जंगीलाल रायले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानविन पश्चात निजलाई केन्द्रीय अनुशासन समितिको तर्फबाट स्पष्टीकरण सोधिएकोमा निजले आफूमाथि लागेको आरोपहरु निराधार असत्य र कपोलकल्पीत हुन, पार्टीविरुद्धको गतिविधिमा संलग्न रहेको छैन भनी मिति २०८३/०१/२१ गते स्पष्टीकरण जवाफ पेश गरेको सन्दर्भमा निज जंगीलाल रायलाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्णप्रतिवद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2026 June 4, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया