साढे ८ लाख क्रियाशील रहेको कांग्रेसमा ६२ हजारले गरेर अध्यावधि
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय केही घण्टाहरू बाँकी रहेका बेला करीव ६२ हजारले अध्यावधि गरेको खुलेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपा निकट उच्च स्रोतका अनुसार साढे ८ लाख क्रियाशील सदस्यता रहेको कांग्रेसका झण्डै ६२ हजार क्रियाशील सदस्यहरूले मात्रै अध्यावधि गरेका छन् । जेठ १८ गते सोमबारसम्म करीव ६२ हजारले अध्यावधि गरेपछि कथित विशेष महाधिवेशनबाट आएको बदलिएको कांग्रेस अर्थात् २.० कांग्रेसको अवस्था बेहाल भएको छ ।
हालसम्म ६२ हजारले अध्यावधि गरेको स्रोतले जनाइरहेका बेला तोकिएको समयमा अरु १० हजारले अध्यावधि गर्दा पनि ७२ हजारको आसपास पुग्नेछ । साढे ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसको अध्यावधिको हालत यस्तो छ ।
विशेष महाविधेशन पक्षधर नेताहरूले साढे एक लाखले अध्यावधि गरेको दाबी गरिरहेका छन् । उनीहरूको दाबीलाई मान्ने हो भने पनि अध्यावधिको विषय असफल भइसकेको छ ।
१५औँ महाधिवेशनका लागि भनेर २०८२ पुस १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण भइसकेको छ । क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा विशेष महाधिवेशनबाट आएको नेतृत्वले अध्यावधिका नाममा नेता तथा कार्यकर्ताहरूलाई दुःख दिने कार्य भएको भन्दै आलोचना भइरहेको छ ।
देउवा समूह र डा.शेखर समूहले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको भन्दै अध्यावधि आवश्यक नरहेको र अध्यावधि नगर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया