ठोरीको रिसोर्टमा लुकेर बसेको अवस्थामा वीरगञ्जका मेयर सिंह पक्राउ

वीरगञ्ज । लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, पर्साले ५६ वर्षीय राजेशमान सिंहलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.३ बस्ने सिंहलाई मंगलबार बिहान ६ बजे पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक राजु कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिंह ठोरी गाउँपालिका वडा नं. ३ ठोरी रिसोर्टबाट नियन्त्रणमा लिइएको कार्कीले बताएका छन् ।

पक्राउ परेका सिंह वीरगञ्ज महानगरपालिका बहालवाला मेयर हुन् । सिंहलाई प्रहरीले लिखत सम्बन्धि कसूर मुद्दामा पक्राउ गरिएको जनाएको छ । सोही विषयमा प्रहरीले अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

Published : Tuesday, 2026 June 2, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया