अन्तरघातीलाई नेविसंघको अध्यक्षमा नियुक्त गरिएपछि बदलिएको २.० कांग्रेसले पायो बधाई
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा अन्तरघातकी आरोपी करुणा कटुवाललाई नेपाली कांग्रेसले नियुक्त गरेपछि विवाद उत्पन्न भएको छ ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार धनकुटा जिल्ला ठेगाना भएकी कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरिएको छ । नेविसंघको ‘टीके’ अर्थात् नियुक्त गरिएकी अध्यक्ष बनेकी कटुवाललाई ११ बुँदे कार्यादेश र कार्य विवरण दिइएको छ ।
नेविसंघको अध्यक्षमा कटुवालको नियुक्तिसँगै विरोध र समर्थन दुबै आवाजहरू देखिएका छन् । कटुवाललाई अन्तरघातीको आरोप लगाउँदै आलोचना भइरहेको छ ।
अध्यक्षमा नियुक्त भएकी कटुवालले त्रिभुवन विश्व विद्यालय, केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकी थिइन् । कटुवालले तत्कालीन समयमा स्ववियुको निर्वाचनमा नेविसंघबाट कोषाध्यक्षकी उम्मेदवार बनेकी सगुन कँडेल र सदस्यकी उम्मेदवार पासाङ किपा शेर्पालाई हराउन भूमिका खेलेको आरोप नेविसंघका नेतृहरूले लगाएका छन् ।
नेविसंघकी नेतृ सगुन कँडेलले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अनेरास्ववियूमय ने.वि.संघ ।’ अध्यक्षमा नियुक्त भएकी कटुवालका गतिविधिहरू नेपाली कांग्रेसप्रति भन्दा पनि कम्युनिस्ट र तत्कालीन समयमा कांग्रेसको पार्टी कार्यालय जलाउनेहरूसँग रहेको आरोप छ ।
सामाजिक सञ्जालमा नेविसंघकी नेतृ शेर्पाले लेखेकी छिन्, ‘स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदवारलाई हराउन लाग्नेलाई कांग्रेस २.० ले उपहार स्वरुप नेविसंघको केन्द्रीय अध्यक्षमा टीका लगाइदिएको छ । बधाई छ सुधारिएको कांग्रेसजनलाई ।’

बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया