प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती छ, भारतको भूमि नेपालले अतिक्रमण गरेको छैन : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको सिमानासम्बन्धी अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका छन् ।
सोमबार प्रेस विज्ञप्ति जारी गरेर खड्काले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रको मर्यादा र स्वाभिमानमा गम्भीर आघात पुगेको बताएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मिति २०८३ जेष्ठ १७ गते प्रतिनिधिसभामा प्रस्तुत अभिव्यक्तितर्फ गम्भीर रुपमा हाम्रो ध्यान आकृष्ट भएको छ,’ खड्काले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रको मर्यादा र स्वाभिमानमा गम्भीर आघात पुर्याएको छ ।’
कांग्रेसका निवर्तमान कार्यबाहक सभापति खड्काले भने, ‘नेपालको इतिहासमा आजसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कहि कतै, कसैले व्यक्त नगरेको विषयमा प्रधानमन्त्रीले कुनै पनि सत्य तथ्य विना अप्रमाणिक रुपमा ‘नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भर्खरै प्रधानमन्त्री भएपछि थाहा पाएँ’ भनि व्यक्त गर्नुभएको विषय असत्य, भ्रामक, कपोकल्पित र राष्ट्रघाती छ ।’
‘नेपालले कुनैपनि स्थानमा छिमेकी मित्रराष्ट्र भारतको भूमि अतिक्रमण नगरेको र स्वयं छिमेकी मित्रराष्ट्र भारतको पनि त्यस्तो दावी नरहेको स्पष्ट छ,’ नेता खड्काले भनेका छन् ।
‘नेपालको त्यस्तो नीति समेत नरहेको, नभएको स्पष्ट नै छ,’ नेता खड्काले भने, ‘त्यस्तो अवस्थामा प्रधानमन्त्रीबाट व्यक्त विचारले नेपालको स्वाभिमान तथा मर्यादामा गम्भीर क्षति पुर्याएकोले उक्त आपत्तिजनक विचार प्रस्तुतिको घोर निन्दा गर्दछौं,’ निवर्तमान कार्यबाहक सभापति खड्काले भनेका छन् ।

बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया