टरिगाउँ एयरपोर्ट सफल हुँदैन, राज्यलाई क्षति, दङ्गालीलाई चाहिएको चारलेन सडक र सार्वजनिक यातायात
घोराही । दाङ जिल्लामा एयरपोर्टभन्दा पनि चारलेनको कुइरेपानी, घोराही, तुसलीपुर सडकखण्ड छिटो निर्माण सम्पन्न होस् भन्ने चाहना अधिकांश जनताको छ ।
तर, केही धनी व्यक्तिहरूलाई तुलसीपुरको टरिगाउँ एयरपोर्ट नबनाइ भएकै छैन । जहाज चढ्ने भनेको हुनेखाने वर्ग नै हो । दङ्गाली जनतालाई सार्वजनिक यातायात नै प्रिय छ । दङ्गाली जनतालाई जहाज होइन सडक र सार्वजनिक यातायात राम्रो चाहिएको छ ।
टरिगाउँ विमानस्थल नबने पनि कुनै क्षति हुँदैन । तर, चारलेनको सडक समयमा बन्न नसक्ने हो भने दाङका जनतालाई ठूलो क्षति हुन्छ ।
जहाज चढ्ने मन छभने नेपालगञ्ज, भैरवा वा सुर्खेतको विमानस्थलबाट चढेर काठमाडौं जान सकिन्छ । टरिगाउँ एयरपोर्ट तुलसीपुर आसपासको गाउँका लागि मात्रै उपयुक्त छ । दाङको देउखुरी उपत्यकाका जनताका लागि समेत टरिगाउँ एयरपोर्ट भौगोलिक हिसाबले अपायक ठाउँमा छ । सल्यान, रोल्पा, प्यूठानका जनतालाई पनि तुलसीपुरको टरिगाउँ एयरपोर्ट पायक पर्दैन ।
नेपाली कांग्रेस, एमाले, तत्कालीन माओवादी तथा अहिले आएर रास्वपाका सांसदलाई पनि टरिगाउँ एयरपोर्ट नबनाइ भएको छैन । टरिगाउँ एयरपोर्टका स्थानमा सुविधा सम्पन्न बसपार्क, चारलेनको सडक, यातायात मजुरलाई प्रशिक्षण लगायतका पूर्वाधार बनाउनेतिर कुनै पनि नेता र सांसदको ध्यान गएन ।
करीव १० वर्षदेखि चारलेन सडक अलपत्र परेको छ । सयौँ यात्रुले ज्यान गुमाइसके । सयौँ दुर्घटना भइसकेका छन् । त्यो सडक बनाउने हो भने दुर्घटना न्यूनीकरण हुन्छ । लाखौं यात्रुले सहज रुपमा यात्रा गर्न पाउँछन् । यातायात क्षेत्रमा जोडिएको मजदुरसहितको वर्गले रोजगारी पाउँछ । यो विषयमा कसैको ध्यान छैन । ध्यान छभने प्राविधिक रुपमा असफल रहेको टरिगाउँ एयरपोर्ट बनाउनमै केही व्यक्ति केन्द्रित छन् ।
टरिगाउँ एयरपोर्ट किन र के कारणले असफल भइरहेको छ ? भन्ने कुरा सबैभन्दा पहिला बुझ्न जरुरी छ । दुई÷चार जना ठालु र धनी व्यक्तिहरूको चाहनाका लागि राज्यले अर्बौ रकम खर्च गर्नु हुँदैन । दाङका जनतालाई ठूलो जहाज चढ्न मन छभने भैरहवा वा नेपालगञ्ज जान सक्छन् । भैरहवाको जत्रो विमानस्थल बनाए पनि टरिगाउँ एयरपोर्ट चल्ने सम्भावना छैन । जहाजका लागि चाहिने भनेको बजार हो । त्यो बजार तुलसीपुरले दिन सक्दैन । बजार नै नहुने क्षेत्रमा जहाज कम्पनीहरूले उडान गर्दैनन् ।
रह्यो कुरा दाङका जनताको इच्छा के छ भन्ने ? दाङका जनताको इच्छा हुन्थ्यो भने टरिगाउँ एयरपोर्ट २० वर्ष अगाडि नै बन्ने थियो । तुलसीपुर क्षेत्रका १० प्रतिशत जनताका लागि टरिगाउँ एयरपोर्ट बनाउन कसैले पनि इच्छाशक्ति नदेखाएका हुन् । यो कुरा बुझ्न जरुरी छ । हरेक वर्ष टरिगाउँ एयरपोर्टमा बजेट पर्छ । त्यो बजेट बालुवामा पानी हाले सरह भइरहेको छ ।
यस पटक पनि दाङ क्षेत्र नं. ३ बाट निर्वाचित रास्वपाका सांसद कमल सुवेदीले प्राविधिक रुपमा असफल भइसकेको टरिगाउँ एयरपोर्टमा २५ करोड बजेट हाल्न लगाएका छन् । सामाजिक सञ्जालमा सांसद सुवेदीले लेखेका छन्, ‘७५० मिटरको साँघुरो घेरा तोडेर अब टरिगाउँ विमानस्थलको धावनमार्ग १५०० मिटरको फराकिलो छाती लिएर उभिँदैछ । आर्थिक वर्ष २०८३÷८४ को बजेटमा सरकारले विनियोजन गरेको २५ करोड रुपियाँले दाङबासीको ठूला जहाज चढ्ने वर्षौं पुरानो सपनालाई पखेटा हालिदिएको छ ।’
‘अब ७२ सिटे ठूला विमानहरू हाम्रै तुलसीपुरको आकाशमा उड्नेछन्, जसले दाङको आर्थिक र सामाजिक विकासमा नयाँ आयाम थप्ने निश्चित छ,’ सांसद सुवेदीले लेखेका छन् ।
‘राजनीति र मतभेदलाई किनारा लगाउँदै, विकासका लागि एकजुट हुने बेला आएको छ,’ सांसद सुवेदीले लेखेका छन्, ‘समृद्ध दाङको यो यात्रामा सँगै हिँडौँ, सहकार्य गरौँ ।’
सांसद सुवेदीले चारलेन सडक कुइरेपानी, घोराही, तुलसीपुर सडक खण्डका विषयमा केही बोलेका छैनन् । चारलेनको सडकमा बजेट हाल्न र निर्माण गराउन हुती चाहिन्छ । हुती नभएका सांसद वा नेताले त्यो काम गर्न सक्दैन ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया