कांग्रेस कमजोर हुँदा प्रधानमन्त्रीद्वारा राष्ट्रियता र लोकतन्त्रमाथि प्रहार, यसको प्रमुख जिम्मेवार नायिके गगन
काठमाडौं । नेपाली कांग्रेस कमजोर हुँदा देशको राष्ट्रियता र लोकतन्त्र कमजोर भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)द्वारा आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा दिएको सिमानासम्बन्धी विवादास्पद अभिव्यक्तिले ठूलो आशंका उत्पन्न गराइदिएको छ । कांग्रेसका नेता पूर्णबहादुर खड्काले समेत प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई गम्भीर रुपमा लिएर भविष्यमा देशलाई ठूलो संकट पर्न सक्ने टिप्पणी गरिसकेका छन् । कांग्रेस कमजोर हुँदैन थियो भने प्रधानमन्त्री शाहले राष्ट्रियतामाथि जथाभावी बोल्ने हिम्मत गर्ने थिएनन् । कांग्रेस कमजोर भएको मौका छोपेर प्रधानमन्त्री शाहले जानअञ्जानमा सिमानाका विषयमा बोलेर हलचल ल्याइदिएका छन् ।
कांग्रेस कमजोर बनाउनु र अहिलेको अवस्था सिर्जना गर्नुमा गगनकुमार थापा जिम्मेवार छन् । आफ्नै पार्टी सभापति शेरबहादुर देउवा जो कार्यबाहक दिएर बसेको व्यक्तिलाई भृकुटीमण्डपको भेला गरेर कांग्रेसलाई हाइज्याक गरेर अपदस्थ गरेका छन् । देउवालाई अमानपूर्ण तरिकाले अपदस्थ गरेर कांग्रेस कब्जा गरेका गगनका कारण देशको राष्ट्रियता र लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । कांग्रेसलाई गगनले कमजोर बनाएका कारण राष्ट्रियतामाथि अहिलेसम्मकै ठूलो प्रहार भएको छ ।
गगनले कांग्रेसलाई निर्वाचनको मुखमा हाइज्याक गरेर विभाजन नगरेको भए अहिलेको अवस्थामा कांग्रेस कदापि पुग्ने थिएन । गगन आफू त पराजित भए । कांग्रेसलाई पनि इतिहासकै कमजोर र लज्जाजनक अवस्थामा पुर्याएका छन् । कांग्रेससँग ७० सिट रहन्थ्यो भने देशको राष्ट्रियता कमजोर हुँदैन थियो ।
गगनकै कारण रास्वपाले झण्डै दुईतिहाइ बहुमत पाएको हो । कांग्रेसको विवादका कारण रास्वपाका उम्मेदवारहरू देशभरि विजयी भएका हुन् ।
प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिका विषयमा गगनले एकशब्द बोलेका छैनन् । स–साना विषयमा फेसबुक लाईभ आएर बबण्डर मच्चाउने गगन बोलेका छैनन् । गगन र बालेनका गुरु एउटै हुन कि भन्ने प्रश्न पनि उठेको छ ।
प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई पेलानमा राखेका छन् । विपक्षी दलका सांसदहरूको माग र आवाज सुन्नै चाहँदैनन् । आइतबारको संसद बैठकमा विपक्षी दलहरूलाई सभामुख अर्यालबाट भएको गतिविधि र हर्कतको जिम्मेवारी पनि गगनले लिनुपर्छ । कांग्रेस कमजोर हुँदाको परिणाम संसदमा देखिएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया