राष्ट्रको परिस्थिति गम्भीर भए पनि बृहत् एकताको बलमा सम्हाल्न सकिन्छ : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता खड्काले गणतन्त्र दिवसका अवसरमा वीर शहीदहरूप्रति हृदयदेखिनै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेता खड्काले भने, ‘संघीय, लोकतान्त्रिक गणतन्त्रको बिकल्प संघीय, लोकतान्त्रिक गणतन्त्र नै हो । हामीबीच भएका गल्ती, कमजोरी स्वीकारौं ।’
‘सच्चिऔँ, सुधारौँ, अनि नवीन तरिकाले जनताको बीचमा स्वीकारोक्तिका साथ हात जोडेर अगाडि बढौँ,’ निवर्तमान कार्यबाहक सभापति खड्काले भने ।
‘राष्ट्रको परिस्थिति गम्भीर भए पनि सम्पूर्ण र बृहत् एकताको बलमा सम्हाल्न सकिने अवस्था, अझै छ । तर, ढिला नगरौँ । गणतन्त्र दिवसको उपलक्षमा सबैमा शुभकामना,’ नेता खड्काले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया