बुद्घिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्धको अविश्वास प्रस्ताव सर्वसम्मतिले फेल

काठमाडौं । नेपाल बुद्घिचाल महासंघकाले विशेष साधारणसभामा अध्यक्ष र महासचिवविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सर्वसम्मतिले अस्वीकृत भएको छ ।

वरिष्ठ उपाध्यक्षले विधानको अन्तर्गत एकचौथाई प्रतिनिधिहरूको हस्ताक्षर सहित २०८३ वैशाख १२ गतेका दिन अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष हेराकाजी महर्जनले विधानको परिच्छेद ६ दफा २२ को उपदफा (२) बमोजिम ३५ भित्र सम्बन्धित कार्यसमितिले विशेष साधारणसभा वैशाख ३० गतेका दिन बहुमत सदस्यवाट सो प्रस्ताव उपर छलफल गर्ने निर्णय भएको बताए ।

विद्यमान कार्य समितिले बोलाउनु पर्ने बैठक २०८३ जेठ १० गते आइतबार मकवानपुरको हेटौंडामा बिहान ०९ः०० बजे बस्ने तय गरी राष्ट्रिय दैनिक पत्रिकामा ७ दिने सूचना संप्रेषण गरेको बताए ।

जम्मा ११८ जनामध्ये ४६ जना प्रतिनिधिको उपस्थिति रहँदा राष्ट्रिय खलकुद परिषदद्वारा स्वीकृत विधानको परिच्छेद ३ दफा १०, उपदफा ५ (घ) मा व्यवस्था भए बमोजिम ५१ प्रतिशत गणपूरक उपस्थित नहुँदा १२ गते दास्रो पटकका लागि आह्वान गरिएको थियो ।

दोस्रो पटक ३३ प्रतिशत उपस्थित प्रतिनिधिलाई गणपूरक मानिने विधानको निर्दिष्ट निर्देशनमा ४७ जना प्रतिनिधिबीच विशेष साधारणसभाको गणपूरक सदस्यहरुले सर्वसहमत अस्वीकृत गरेको जानकारी गराए ।

अन्तर्राष्ट्रिय चेस महासंघका प्रतिनिधिका पर्यवेक्षक दिलजित खन्ना तथा बागमती प्रदेश सरकारका पूर्वमन्त्री एकालाल श्रेष्ठ उपस्थित भएका थिए ।

विशेष साधारण सभामा खेलाडीको तर्फबाट नेपाल च्याम्पियन प्रतिनिधि एफएम क्षितिज भण्डारी, फिडे रुल्स कमिशनका काउन्सिलर उमेश केसि तथा अन्यले प्रस्तुत गरेको सुझाब दस्तावेजीकरण गर्ने निर्णय गरेको महासचिव धरमबहादुर लामाले जानकारी दिए ।

विधि र विधानको पैरवी अपरिहार्य रहेको जिकिर गर्दै भ्रामक वातावरणको परिस्थिति श्रृजना गर्ने अनुशासनहीन गतिविधितर्फ नलाग्न तथा सच्चिन अपील गरिएको छ ।

महासंघका प्रवक्ताले प्रेस विज्ञप्ति वाचन गरे पश्चात् नेपाल बुद्धिचाल महासंघको आधिकारिक लोगो, लेटर हेड तथा छाप अनधिकृत रुपमा कसैले प्रयोग नगर्न अपील गर्दै नेपालको मुलुकी ऐन अनुसार कार्वाहीमा नपर्न पनि पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

Published : Wednesday, 2026 May 27, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया