बदलिएको कांग्रेस जस्तो अनुदानको राजनीतिबाट पलाएका होइनौं, आफ्नै पौरखबाट आएका हौँ : सभापति बलायर
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बीरबहादुर बलायरले पार्टीको वर्तमान नेतृत्व ठीक ढंगले चल्न नसकेको बताएका छन् ।
आइतबार कैलालीको धनगढीमा आयोजित नेपाली कांग्रेसको बृहत एकता र पुनर्जागरणका लागि सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति बलायरले भने, ‘सर्वोच्च अदालतको फैसलापछि नेतृत्व मान्दैनँ भन्न पनि छोडेका छौँ । तिम्रा ढंगले कांग्रेस उँभो लाग्दैन । देउवा नेतृत्वको दुईतिहाइ आज बाहिर छ ।’
प्रदेश समितिबाट आयोजित भेलालाई गुटको भेला भनेर व्याख्या गरिएकोमा आफूलाई आश्चर्य लागेको सभापति बलायरले बताए । ‘यो त ट्रेलर मात्रै हो, सुरुवात मात्रै गरेका छौँ,’ उनले भने, ‘धेरै देखाएका छैनौँ । गुटको भेला भन्दा आश्चर्य लागेको छ ।’
गगनकुमार थापाले कांग्रेस लास र दासको पार्टी नभएको भन्दै उठाएको प्रसंग निकाल्दै बलायरले आफूहरू अनुदानको राजनीतिबाट नपलाएको बताएका छन् ।
बदलिएको कांग्रेस अर्थात् गगन थापाहरू जस्तो आफूहरू अनुदानबाट नपलाएको उनको भनाइ थियो । कांग्रेसलाई आफ्नै पौरखले स्थापना गरेर नेता बनेको उनले बताए ।
‘हामी संघर्ष र मिहेनतबाट निखारिएका हौँ,’ सभापति बलायरले भनेका छन् । उनले अहिलेको नेतृत्वसँग विमति रहेको बताउँदै विशेष र त्यो विमति नियमित महाधिवेशनको दूरी रहेको बताए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया