कांग्रेसको बृहत एकताका लागि देउवा पक्षीय नेताहरूको धनगढीमा भेला
धनगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको बृहत एकता र पुनर्जागरणका लागि सुदूरपश्चिमस्तरीय भेला गरेका छन् ।
आइतबार कैलालीको धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको संयोजनमा भेला भएको छ । धनगढीमा जारी भेलाका वक्ताहरूले पार्टी एकताको लागि सुझाव र धारणाहरू राखेका छन् ।
भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई गगन थापाले हाइज्याक गरेपछि कांग्रेस पार्टी विभाजनको संघारमा छ । कांग्रेस बनाउन रगत, पसिना बगाउनेहरूलाई पार्टीमा अपमान गर्ने कार्यहरू भएपछि पार्टी एकताका लागि दवाव सिर्जना गर्न शेरबहादुर देउवा पक्षीय नेताहरूले भेलाहरू गर्दै आएका छन् ।



Published : Sunday, 2026 May 24, 12:40 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया