कांग्रेसको भ्रातृ संस्थाहरूको प्रमुख वा अध्यक्ष नियुक्त भएको छैन : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भ्रातृ संस्थाहरूको प्रमुख कसैलाई पनि नतोकिएको बताएका छन् ।

शुक्रबार रिपब्लिका दैनिकसँगको कुराकानीमा महामन्त्री पौडेलले भ्रातृ संस्थाहरूको प्रमुख नतोकिएको बताए । उनले भने, ‘अहिले कुनै पनि भ्रातृ संस्थाहरूको प्रमुख वा अध्यक्ष तोकिएको छैन । भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु ।’

नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्ति भएको भनेर सामाजिक सञ्जालमा सूचनाहरू सम्प्रेषण भएका थिए । ती सूचनाहरूका विषयमा महामन्त्री पौडेलले विश्वास नगर्न आग्रह गरेका हुन् ।

तीन दिन अगाडि बसेको कांग्रेसका कार्य सम्पादन समितिले भ्रातृ संस्थाहरूको म्याद थप नगरेर कार्यसमितिहरूलाई विघठन गरेको छ । कार्यसमितिहरू विघठन गरेसँगै भ्रातृ संस्थाहरूको अध्यक्ष बन्न दौडधुप चलिरहेका छन् ।

Published : Friday, 2026 May 8, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया