बासनाको उच्च राजनीतिक संस्कार, नेता खड्कासँग लिइन् आशीर्वाद, कांग्रेसको शिर उच्च राखेर काम गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कासँग प्रमुख सचेतक बासना थापाले भेट गरेकी छिन् ।
बिहीबार काठमाडौंको गुल्फुटारस्थित निवासमा खड्कासँग भेट गरेर थापाले राजनीतिक सल्लाह लिएकी हुन् । त्यस क्रममा नेता खड्काले थापालाई प्रतिनिधि सभामा कांग्रेसको प्रमुख सचेतकको जिम्मेवारी पाएकोमा बधाई दिएका छन् ।
दैलेख क्षेत्र नं. १ बाट निर्वाचित भएकी थापाले नेता खड्कासँग भेट गरेर राजनीतिक भलाकुसारी गरेकी हुन् । नेता खड्काले कांग्रेस कठिन परिस्थितिमा रहेको भन्दै प्रतिनिधि सभामा कांग्रेसको शिर उच्च रहने गरेर काम गर्न निर्देशन दिएका छन् ।
कथित विशेष महाधिवेशनका कारण कांग्रेस निकै कमजो रहेका बेला थापाले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेकी हुन् । थापा कांग्रेसबाट निर्वाचित हुने एक मात्रै महिला नेतृ हुन् । उनले नेता खड्कासँग भेट गरेर आशीर्वाद लिएको कार्यलाई कांग्रेसका नेता कार्यकर्ताले उच्च राजनीतिक संस्कार भनेर प्रशंसा गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया