१५ सयभन्दा धेरै पद उडाउने झण्डै दुईतिहाइको सरकारले राष्ट्रपतिका भतिजाको पद बचाइदियो

काठमाडौं । सरकारले ल्याएको अध्यादेशहरूसँगै १५ सयभन्दा धेरै राजनीतिक नियुक्ति खारेज हुँदा राष्ट्रपति रामचन्द्र पौडेलका भतिजा अनिलराज पौडेलको पद जोगिएको छ ।

सरकारले अध्यादेशमार्फत कुन–कुन निकायका कुन–कुन पदाधिकारीलाई पदमुक्त गर्ने भनेर किटान गरेर अध्यादेश ल्याएको छ । यो अध्यादेशअनुसार सम्बन्धित मन्त्रालयले पदमुक्तिको सूचना धमाधम दिइरहेको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेल भने पदमुक्त नहुनेमा परेका छन् । अनिलराज पौडेल राष्ट्रपति रामचन्द्र पौडेलका भतिज नाताका हुन् ।

अनिलराज पौडेल युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा तत्कालीन केपी ओली नेतृत्व सरकारले १८ साउन २०८२ मा नियुक्त गरेको थियो । त्यस वेला सरकारले आफैँले बनाएको मापदण्ड विपरीत पौडेललाई नियुक्त गरेको थियो ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीचको तिक्ततालाई घटाउनका लागि भतिजा नाता पर्ने अनिलराज पौडेलको कार्यकारी अध्यक्ष पद दुईतिहाइको रास्वपाको सरकारले बचाइदिएको त होइन ? गम्भीर प्रश्न उठेको छ ।

Published : Wednesday, 2026 May 6, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया