कांग्रेसको नीति, अनुसन्धान तथा प्रतिष्ठानको सदस्यहरूमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले सदस्यहरू नियुक्त गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार प्रतिष्ठानको सदस्यमा मधु आचार्य (काभ्रेपलाञ्चोक), डा.गोपाल दहित थारू (बर्दिया), अञ्जु झा (रौतहट), उमेश श्रेष्ठ (ललितपुर), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान), मीन भाम (मुगु), डा. अञ्जनीकुमार झा (महोत्तरी), डा.यादव पण्डित (प्रवास), बद्री सिग्देल (बर्दिया), गोपालप्रसाद पोखरेल (सुनसरी) नियुक्त भएका छन् ।
श्रवण मुकारुङ (भोजपुर), मोहना अन्सारी (बाँके), महेन्द्रप्रसाद यादव (सप्तरी), श्रीप्रसाद भलामी मगर (गुल्मी), विनोद दास (बारा), ई.दीपेश विष्ट (काठमाडौं), डा.कृष्णप्रसाद पौडेल (कास्की), प्रकाश लामिछाने (सुर्खेत), सूर्यमाराज राई (मोरङ), मनबहादुर थापा (चितवन) प्रतिष्ठानको सदस्यमा नियुक्त भएका छन् ।
प्रतिष्ठानको सदस्यमा नियुक्त हुनेमा विमला राई (खोटाङ), राकेश सिंह (पर्सा), नरेन्द्र पासवान (रौतहट), दक्ष पौडेल (काठमाडौं), कञ्चन झा (पर्सा), सुमित शर्मा (धनुषा), खगेन्द्र आचार्य (काठमाडौं), डा.डी.बी. सुनार (अछाम), रोशनी गिरी (काठमाडौं), जनक चटौत (डडेल्धुरा) रहेका छन् ।
डोलराज भुसाल (स्याङ्जा), अमृत ज्ञवाली (गुल्मी), एलिजा ढकाल (तनहुँ), प्रकृति भट्टराई (काठमाडौं), कैलाश के.सी. (सोलुखुम्बु), स्वीकृति पौडेल (काठमाडौं), उमंग लोहनी (चितवन), गोकुल लिम्बू (ताप्लेजुङ) र प्रमेश खनाल (काठमाडौं) प्रतिष्ठानको सदस्यमा नियुक्त भएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया