रास्वपाको झण्डै दुईतिहाइको सरकारविरुद्ध कोहलपुरमा हजारौंको संख्यामा प्रदर्शन
कोहलपुर । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले भूमिहीन, सुकुम्बासीको बस्तीमा डोजर आतंक मच्चाएर बिस्थापित बनाएपछि बाँके जिल्लामा पनि विरोधमा प्रदर्शन भएको छ ।
मंगलबार कोहलपुर बजारमा हजारौंको संख्यामा जम्मा भएका भूमिहीन, सुकुम्बासीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले भूमिहीन र सुकुम्बासीका लागि पूर्वतयारीविना घर, टहरा भत्काउन डोजर चलाएको भन्दै आपत्ति जनाएका छन् ।
प्रदर्शनकारी भूमिहीन तथा सुकुम्बासीहरूले रास्वपाको सरकार र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्नुका साथै प्लेकार्ड समेत बोकेका छन् । उनीहरूले ‘डोजर आतंक बन्द गर’ भन्दै दुईतिहाइको सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
यसअघि, धरान, पोखरा, हेटौँडालगायतका क्षेत्रमा सुकुम्बासी र भूमिहीनहरूले दुईतिहाइको सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
देशका विभिन्न स्थानमा दैनिक सरह प्रदर्शन भइरहेका छन् । ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न प्रदर्शनका कार्यक्रम भइरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया