अध्यादेशहरू ल्याइसकेपछि सरकारद्वारा संसद आह्वान, राष्ट्रपतिद्वारा सूचना जारी

काठमाडौं । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन् ।

मंगलबार सूचना जारी गरेर राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि राष्ट्रपतिले संसद बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारलाई आवश्यक पर्ने अध्यादेशहरू जारी गरेर संसदको बैठक बोलाएका छन् । यसअघि आह्वान गरिएको बैठक पनि स्थगित गरेर प्रधानमन्त्री शाहले अध्यादेशहरू ल्याएका हुन् ।

Published : Tuesday, 2026 May 5, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया