प्राधिकरणको महानिर्देशक बन्न २१ जनाको आवेदन, दौडमा अरबौं घोटालाका नाइके प्रदीपका साथीहरू पनि
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा २१ जनाको आवेदन परेको छ ।
सोमबार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जयनारायण आचार्यले सूचना जारी गरेर २१ जनाको आवेदन परेको जनाएका छन् । वैशाख १२ गते सूचना प्रकाशित गर्दै योग्य आवेदकहरूसँग आवेदन मागेको मन्त्रालयले जनाएको छ । प्राधिकरणका कर्मचारीहरू आवेदन दिनेमा जगन्नाथ निरौला, ज्ञानेन्द्र भुल, प्रेमनाथ ठाकुर लगायतले पनि महानिर्देशक बन्नका लागि आवेदन दिएका छन् ।
तत्कालीन महानिर्देशक प्रदीप अधिकारी अरबौंको भ्रष्टाचार काण्ठमा पुर्पक्षका लागि जेलमा छन् । अधिकारीले प्राधिकरणमा भ्रष्टाचारको काण्डैकाण्ड गरेका थिए । अब आउने महानिर्देशकलाई चुनौति छ । महानिर्देशक बन्न आवेदन दिएका केही कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धन आयोगले घोटाला र भ्रष्टाचार काण्डमा छानविन गरिहेको छ । महानिर्देशक बन्ने दौडामा प्राधिकरणकै केही कर्मचारीहरू जो तत्कालीन महानिर्देशक अधिकारीसँग साँठगाँठ रहेकाहरू पनि रहेपछि प्राधिकरणभित्र खैलाबैला भएको छ ।
प्राधिकरण ऐन २०५३ अनुसार नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा संलग्न रहेको र कुनै विदेशी मुलुकको नागरिकता नलिएको हुनुपर्ने प्रावधान छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदको नियुक्तिको लागि मिति २०८३÷०१÷१२ गते
गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना अनुसार आवेदन दर्ता गर्ने अन्तिम मिति २०८३÷०१÷२१ गते कार्यालय समयभित्र यस मन्त्रालयमा प्राप्त÷दर्ता हुन आएका आवेदक सम्बन्धी विवरण यसप्रकार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
प्रभाकरचन्द्र मल्लिक (राजपुर नगरपालिका – २, रौतहट), उसवराज खरेल (रत्ननगर नगरपालिका–३, चितवन), श्यामकिशोर साह (प्रसौनी गाउँपालिका– ६, बारा), प्रमोदकुमार चौधरी (कौडेना गाउँपालिका–३, सर्लाही), मुरारीप्रसाद पौडेल (चैनपुर नगरपालिका– ८, शंखुवासभा), जसोदा सुवेदी रेग्मी (पोखरा महानगरपालिका– २, कास्की), लवराज जोशी (मष्टा गाउँपालिका–४, बझाङ), जग्गन्नाथ निरौला (ग्रामथान गाउँपालिका–४, मोरङ्ग)ले आवेदन दिएका छन् ।
आवेदन दिनेहरूमा बिष्णु गौतम (तिलोत्तमा नगरपालिका–१२, रुपन्देही), प्रेमनाथ ठाकुर (हरवारा नगरपालिका– ४, धनुषा), डा.त्रिलोचन पौडेल (बुढानिलकण्ड नगरपालिका– ११, काठमाडौं), देवेन्द्रप्रसाद पाण्डेय (धनगढी उपमहानगरपालिका–३, कैलाली), टेकनाथ सिटौला (मध्यपुरठीमी नगरपालिका–३, भक्तपुर), अर्जुन बस्नेत (पालुड्टार नगरपालिका– २, गोरखा) रहेका छन् ।
लक्ष्मीप्रसाद उपाध्याय (नारायण नगरपालिका– ५, दैलेख), उमेशकुमार पन्थी (शान्तिनगर गाउँपालिका– २, दाङ्ग), ई.दीपेन्द्र श्रेष्ठ (सूर्यगढी गाउँपालिका– ५, नुवाकोट), ज्ञानेन्द्र भुल (वान्नीगढी जयगढ गाउँपालिका–३, अछाम), सुभाष झा (काठमाडौं महानगरपालिका–९), मुकेश डंगोल (ललितपुर महानगरपालिका– २६) र संजय कुमार (भगवानपुर गाउँपालिका– २, सिरहा)ले पनि आवेदन दिएका छन् ।
यसैबीच, नेपाल वायुसेवा निगममा ५ जना सञ्चालक समिति सदस्य पदका लागि २७ जनाको आवेदन परेको समेत मन्त्रालयले जानकारी दिएको छ । सोही दिन ४ जना सञ्चालक सदस्यका लागि आवेदन माग गरिएको थियो ।
सरकारले वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी गरेपछि थप एक सञ्चालक समेत स्वतः पदमुक्त भएका थिए ।
मन्त्रालयले सोही विज्ञापन कायम गरी नियुक्त गर्नुपर्ने सञ्चालक समिति सदस्य संख्या ५ कायम भएको बताएको थियो ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया