बालेनद्वारा प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोध
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक अघि सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको छ ।
सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनपछि सुरक्षाकर्मीले बाहिर रहेका पत्रकारहरूलाई दृश्य सङ्कलन नगर्न रोकेका हुन् । घटनाले प्रेस स्वतन्त्रता र सूचनाको हकबारे चासो बढाएको छ ।
सञ्चारकर्मीहरूलाई दृष्य संकलनमा रोक लगाएपछि प्रधानमन्त्री शाहको आलोचना भइरहेको छ । सञ्चारमाध्यमकै कारण लोकप्रिय बनेका प्रधानमन्त्री शाहले सञ्चारमाध्यमविरुद्ध किन कडा रुप देखाए भनेर प्रश्न समेत उठेको छ ।
Published : Monday, 2026 May 4, 7:19 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया