रास्वपाका सांसदहरूको घर भत्किने भएपछि शक्तिशाली आयोगको कुरा आयो : हर्क साङपाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद हर्क साङपाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूकै घर भत्किने अवस्था आएपछि शक्तिशाली आयोग वा प्राधिकरणको कुरा आएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष साङपाङले सुकुम्बासी र भूमिहीनको घरहरू धमाधम भत्काएर बिचल्ली बनाएपछि रास्वपाकै सांसदहरूका घर पनि सरकारी जमीनमा भेटिएपछि शक्तिशाली आयोगको कुरा आएको बताए ।

रास्वपाका सांसदहरूले नै सरकारी जमीन, ऐलानी जग्गाहरूमा ठूला ठूला घर बनाएका छन् । ती घरहरूको नक्सा पास समेत भएका छैनन् ।

अध्यक्ष साङपाङले लेखेका छन्, ‘रवि लामिछानेजी ढिलो आयो अभिव्यक्ति । त्यो शक्तिशाली प्राधिकरण÷आयोग बनाएर मात्रै डोजर चलाउनु पर्थ्यो ।

‘अब आफ्ना सांसदहरूकै घर पूर्जा बिनाको देखेर हो प्राधिकरण बनाउन खोजेको ?’ अध्यक्ष साङपाङले रास्वपाका सभापति लामिछानेलाई प्रश्न गरेका छन् ।

रास्वपाका सभापति लामिछानेले शक्तिशाली आयोग वा प्राधिकरण बनाएर सुकुम्बासी समस्या समाधान वा डोजर लगाउने काम हुने भनेर आइतबार अभिव्यक्ति दिएका छन् । लामिछानेको अभिव्यक्ति रास्वपाका सांसदहरूको घर भत्किने अवस्था आएपछि सार्वजनिक भएको छ ।

Published : Monday, 2026 May 4, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया