सातदोबाटोस्थित पौडी पोखरी सर्वसाधारणका लागि सञ्चालन
जावलाखेल । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि सञ्चालनमा आएको छ ।
पौडी पोखरीलाई बुधबार वैशाख २ गतेदेखि सञ्चालन ल्याइएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको छ ।
सो अवसरमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कट्वाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
हरेक दिन पौडी पोखरी १०–१२, १–३ र ४–७ बजेसम्म गरी ३ सिफ्टमा सञ्चालन हुनेछ । पहिलो र दोश्रो सिफ्टका लागि २ सय तथा तेश्रो सिफ्टका लागि २ सय ५० रुपियाँ शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका लागि विशेष छुटको व्यवस्था गरिएको परिषदले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया