१३ स्वर्णसहित काभ्रेलाई अन्तर विद्यालय ताईक्वाण्डोको उपाधि

काठमाडौं । दशौं अन्तर बिद्यालय ताईक्वाण्डो प्रतियोगिता सम्पन्न भएको छ ।

भक्तपुरको चितपोल स्थित बास्केटबल हलमा यही माघ १७ गते ताईक्वाण्डो आईटीएफ नेपालको आयोजनामा दशौं अन्तर बिद्यालय ताईक्वाण्डो प्रतियोगिता सफलता पूर्वक संपन्न भएको हो । प्रतियोगितामा १७ बिद्यालयका २०६ खेलाडी तथा अफीसीयलको सहभागिता रहको थियो ।

प्रतियोगितामा व्यक्तिगत तूल र व्यक्तिगत स्पेयरिंगतर्फ गरी ४४ स्वर्ण ४४ रजत तथा ८८ काश्य पदकको लागि प्रतिस्पर्धा भएको थियो । १३ स्वर्ण, दुई रजत, ६ काश्य पदक जितेर काभ्रेको चक्रज्योति बिद्यालयले टीम प्रथमको उपाधि हात पारेको छ । ७ स्वर्ण, ४ रजत र १७ काश्य गरी काठमाडौंको सुनाखरी पाठशालाले टीम दितीयको उपाधि हात पारेको छ ।

काभ्रेकै बिकटेश्वर अंग्रेजी बिद्यालयले ५ स्वर्ण, ४ रजत र ८ काश्य गरी तृतीय स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा चक्रज्योति विद्यालयकी छात्रा मिंगमा दामचोई लामाले उत्कृष्ट खेलाडीको उपाधि हात पारिन् । छात्रतर्फ भक्तपुरको ईडेन गार्डेन विद्यालयका सिद्धार्थ भुजेलले उत्कृष्ट खेलाडीको उपाधि हात पारे ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई ताईक्वाण्डो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेत, प्रतियोगिता संयोजक गयाजी खडका, सूर्यबिनायक नगरपालिका वडा नं. ९ र १० का वडाध्यक्षले पदक तथा प्रमाण वितरण गरेका छन् ।

पुरस्कार वितरण समारोहमा मास्टर लक्ष्मण बस्नेतले ताईक्वाण्डो आईटीएफ नेपालका कोषाध्यक्ष गयाजी खडकालाई पाचौँ डान, सहायक प्रशिक्षक आस्तिक नकर्मीलाई तेश्रो डान तथा अन्य ३२ जना खेलाडीहरूलाई प्रथम र दोश्रो डान ब्लैकबेल्टको अन्तर्राष्ट्रिय प्रमाणपत्र वितरण गरिएको छ ।

Published : Sunday, 2026 February 1, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया