कांग्रेसद्वारा भ्रातृ र शुभेच्छुक संस्थाहरूसँग छलफल, तरुणहरू सबै क्षेत्रमा खटिने
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग छलफल गरेको छ ।
बिहीबार पार्टी कार्यालय, सानेपामा कांग्रेसका नेताहरूले निर्वाचनको तयारी, रणनीति र प्रचार प्रसारका विषयमा छलफल गरेको हो । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले निर्वाचनमा तरुणहरूलाई परिचालन गर्न पहल गर्ने बताए । उनले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सबै निर्वाचन क्षेत्रमा तरुणहरू परिचालन हुने बताए ।
तरुण अध्यक्ष गुरुङले कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका छन् । उनले तरुणहरूलाई चुनावमा खटाउन समन्वय गर्ने बताएका छन् ।
छलफलमा नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया